SamwadKhabar logo

               

समाचार

शहरी विकास मन्त्रालयका आयोजनाहरूको अनुगमन अनलाइनबाट हुने

संवाद खबर

संवाद खबर

शहरी विकास मन्त्रालयका आयोजनाहरूको अनुगमन अनलाइनबाट हुने

५ भाद्र, काठमाडौं ।  शहरी विकास मन्त्रालयले प्रत्यक्ष रूपमा अनलाइनमार्फत आयोजनाहरूको दैनिक अनुगमन मन्त्रालयबाटै गर्न सकिने भएको छ । आज बिहीवार मन्त्रालयमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले  ‘अनलाइन अनुगमन कक्ष’ उद्घाटनगर्नुभएकोलगतै अनलाइनबाट आयोजनाहरूको अनुगमन गर्न सकिने भएको हो । 

उदघाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आयोजनाहरूको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न अनलाइन अनुगमन कक्षबाट सहज हुने विश्वास व्यक्त गर्नुहुँदै भन्नुभयो, “शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ । यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरु समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

यस नयाँ प्रविधिमार्फत सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवन, त्रिवि क्रिकेट स्टेडियम, नवलपुर नमुना सदरमुकामजस्ता महत्त्वपूर्ण आयोजनाहरूको प्रगतिलाई मन्त्रालयको कार्यकक्षबाटै प्रत्यक्ष निगरानी गर्न सकिने छ ।

आगामी दिनमा अन्य आयोजना पनि अनलाइन अनुगमन प्रणालीमा जोड्ने मन्त्रालयको योजना छ । अअनलाइनमार्फत अनुगमन गरे पनि भौतिक अनुगमनको कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने

४ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग फागुन २१ गतेको प्रति…