SamwadKhabar logo

               

धर्म संस्कृति

श्राद्धको महŒव

संवाद खबर

संवाद खबर

श्राद्धको महŒव

✍️ Writing Hand Emoji: Meaning & Usage पं. रामकृष्ण न्यौपाने

वेदमा कर्मकाण्ड, उपासनाकाण्ड र ज्ञानकाण्ड– यी तीनैको उल्लेख पाइन्छ, तर यी मध्ये कर्मकाण्डलाई प्रमुख स्थान दिइएको छ । कर्मकाण्डअन्तर्गत ‘पितृयज्ञ’ को उल्लेख पाइन्छ । यही पितृयज्ञलाई ‘श्राद्ध’ भनिन्छ, अर्थात् पितृयज्ञ श्रद्धा शब्दको वाच्यार्थ हो । पितृयज्ञको अर्थ हो श्रद्धापूर्वक गरिने पिण्डोदक (पिण्ड र तर्पण) आदि सबै कर्महरूलाई ‘पितृयज्ञ’ (श्राद्ध) भनिन्छ ।

प्राचीन कालदेखि नै मानिसहरूमा श्राद्धप्रति गहिरो श्रद्धा रहँदै आएको छ । जसले श्राद्ध गर्छन्, उनीहरूमध्ये कोही नियम र विधिअनुसार श्रद्धापूर्वक गर्छन्, तर धेरैजसोले भने केवल परम्परालाई ध्यानमा राखेर औपचारिकता पूरा गर्नका लागि मात्र गर्छन् । वास्तवमा, शास्त्रोक्त विधिअनुसार श्रद्धापूर्वक गरिएको श्राद्ध मात्रै सबैका लागि कल्याणकारी हुन्छ । त्यसैले, मानिसले श्राद्ध श्रद्धापूर्वक र शास्त्रोक्त विधिले समयमै गरिरहनुपर्छ । जो मानिसहरू शास्त्रोक्त विधिले श्राद्ध गर्न सक्दैनन्, उनीहरूले कम्तीमा पनि वर्षमा एक पटक पितृपक्ष (आश्विन महिनाको कृष्ण पक्ष) मा आफ्ना दिवंगत पितृहरूको मृत्यु–तिथिको दिन श्राद्ध गर्नैपर्छ । पितृहरूको सम्बन्ध पितृपक्षसँग विशेष रूपले जोडिएको हुन्छ । शास्त्रहरूमा पितृपक्षमा श्राद्ध गर्नुको विशेष महŒव बताइएको छ ।



श्राद्धको परिणाम केवल पितृहरूको सन्तुष्टि तथा तृप्ति मात्रै होइन, त्यसबाट श्राद्धकर्तालाई पनि विशिष्ट फलको प्राप्ति हुन्छ । त्यसकारण, आफ्ना परम आराध्य पितृहरूको श्राद्धकर्मको माध्यमबाट आध्यात्मिक, आधिभौतिक र आधिदैविक सुखहरू प्राप्त गर्नु मानवीय कर्तव्य र परम हितकारक हुने कुरा सनातन वैदिक शास्त्रहरूमा उल्लेख गरिएको छ ।



आदित्य पुराणमा लेखिएको छ– जो मानिस दुर्बुद्धिले पितृलोक वा पितृहरूलाई नमानेर श्राद्ध गर्दैन, उसका पितृहरूले उसकै रगत पिउँछन् । जस्तैः

न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः।

श्रद्र्धन करुते तत्र तस्य रक्तं पियन्ति ते ।।

अर्थात् ‘जो मानिस मनमा पितृहरू छैनन् भन्ने सोचेर श्राद्ध गर्दैन, त्यसका पितृहरूले उसको रगत पिउँछन् ।’

जसले विधिपूर्वक एकाग्रचित्त भएर श्राद्ध गर्छ, त्यो सबै पापहरूबाट मुक्त भएर योगको पद प्राप्त गर्छ (र फेरि संसार चक्रमा आउँदैन) । जस्तै–

योऽनेन विधिना श्राद्धं कुर्यात् संयतमानसः ।

व्यपेतकल्मषो नित्यं योगिनां वर्तते पदम् ।। (कूर्मपुराण)

त्यसकारण, मानिसले पितृहरूको सन्तुष्टि र आफ्नो हितको लागि श्राद्ध अवश्य गर्नुपर्छ । यस जगत्मा श्राद्ध गर्नेका लागि श्राद्धभन्दा श्रेष्ठ अरू कुनै कल्याणकारी उपाय छैन । यस तथ्यको पुष्टि महर्षि सुमन्तुले पनि गरेका छन्–

श्रद्धात् परतरं नान्यच्छ्रेयस्करमुदाहृतम् ।

तस्मात् सर्वप्रयत्नेन श्रद्धं कुर्याद विचक्षणः ।।

अर्थात् ‘यस जगत्मा श्राद्धभन्दा श्रेष्ठ र अर्को कुनै कल्याणप्रद उपाय छैन । त्यसैले, बुद्धिमान् मानिसले यत्नपूर्वक श्राद्ध गर्नुपर्छ ।’

गरुड पुराणमा भनिएको छ–

आयुः पुत्रान् यशः स्वर्ग कीर्ति पुष्टि बलं श्रियम् ।

पशून् सौख्यं धनं धान्यं प्राप्नुयात् पितृपूजनात् ।।

अर्थात् ‘श्राद्धकर्म (पितृपूजन) बाट सन्तुष्ट भएर पितृहरूले मानिसहरूलाई आयु, पुत्र, यश, स्वर्ग, कीर्ति, पुष्टि, बल, वैभव, पशु, सुख, धन र धान्य प्रदान गर्दछन् ।’

पितृहरूको भक्ति गर्नाले आयुमा वृद्धि, पुष्टि, वीर्य र लक्ष्मीको प्राप्ति हुन्छ । जस्तै–

पुष्टिरायुस्तथा वीर्य श्रीश्चैव पितृभक्तितः । (महाभारत, अनुशासन)

श्राद्ध गर्नाले श्राद्धकर्ता आवागमनको बन्धनबाट मुक्त भएर मोक्ष प्राप्त गर्छ–

आयुः प्रजां धनं विद्यां स्वर्ग मोक्षं सुखानि च ।

प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ।। (मार्कण्डेय पुराण)

अर्थात् ‘श्राद्धबाट सन्तुष्ट भएर पितृहरूले श्राद्धकर्तालाई दीर्घायु, सन्तान, धन, विद्या, राज्य, सुख, स्वर्ग र मोक्ष प्रदान गर्दछन् ।’

हेमाद्रिको नारद खण्डमा पनि भनिएको छ–

यो वै श्रद्धं नरः कुर्यादेकस्मिन्नपि वासरे ।

तस्य संवत्सरं यावत् संतृप्ताः पितरो धु्रवम् ।।

‘जो मानिस एक दिन पनि श्राद्ध गर्छ, उसका पितृहरू एक वर्षभरिका लागि सन्तुष्ट हुन्छन्– यो निश्चित छ ।’

यस तथ्यको उल्लेख याज्ञवल्क्यस्मृतिमा यस प्रकार पाइन्छ–

आयुः प्रजां धनं विद्यां स्वर्ग मोक्षं सुखानि च ।

प्रयच्छन्ति तथा राज्यं प्रीता नृणां पितामहाः ।।

अर्थात् ‘श्राद्ध–कर्मबाट सन्तुष्ट भएर पितृहरूले मानिसहरूलाई आयु, सन्तान, धन, विद्या, स्वर्ग, मोक्ष, सुख र राज्य प्रदान गर्छन् ।’

यसै तथ्यलाई अझ पुष्टि गर्दै देवलस्मृतिमा भनिएको छ–

अरोगः प्रकृतिस्थश्च चिरायुः पितृपुत्रवान् ।

अर्थवानर्धयोगी च श्रद्धकामो भवेदिह ।।

परत्र च परां तुष्टिं लोकांश्च विविधान् शुभान् ।

श्राद्धकृत् समवाप्नोति श्रियं च विपुलां नरः ।।

‘श्राद्धको इच्छा गर्ने मानिस निरोगी, स्वस्थ, चिरायु, योग्य सन्तान भएको, धनोपार्जन गर्ने तथा धनी हुन्छ । श्राद्ध गर्ने प्राणीले विविध शुभ लोकहरू प्राप्त गर्छ, परलोकमा उसलाई सन्तोष मिल्छ र अधिक लक्ष्मीको प्राप्ति हुन्छ ।’

अत्रिसंहिताको भनाइ छ–

पितृकार्ये प्रसक्ता ये ते यान्ति परमां गतिम् ।।

जो (पुत्र, भाइ, नाति वा दौहित्र आदि) पितृकार्य (श्राद्ध–अनुष्ठान) मा संलग्न रहन्छन्, उनीहरू निश्चय नै परम गतिलाई प्राप्त गर्छन् ।

ब्रह्मपुराणमा प्रतिपदादेखि लिएर औँसीसम्म श्राद्ध गर्दाका अलग–अलग फलहरू बताइएका छन् । यसका अतिरिक्त ब्रह्मपुराणमा यस कुराको पनि उल्लेख पाइन्छ कि भिन्न–भिन्न नक्षत्रहरूमा श्राद्ध गर्नाले भिन्न–भिन्न फलहरू प्राप्त हुन्छन् ।

भविष्यपुराणमा बाह्र प्रकारका श्राद्धहरू को उल्लेख गरिएको छ–

नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धं सपिण्डनम्।

पार्वणं चेति विज्ञेयं गोष्ठयां शुद्धयर्थमष्टमम् ।।

कर्माङ्गं नवमं प्रोक्तं दैविकं दशमं स्मृतम् ।

यात्रास्वेकादशं प्रोक्तं पुष्ट्यर्थं द्वादशं स्मृतम् ।।

‘नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डन, पार्वण, गोष्ठी, शुद्धयर्थ, कर्माङ्ग दैविक, यात्रार्थ र पुष्टयर्थ– यी बाह्र प्रकारका श्राद्धहरू बताइएका छन् ।’

‘नित्य श्राद्ध’– प्रतिदिन नियमित रूपले गरिने श्राद्ध । एकोद्दिष्ट–प्रभृति माता–पिता आदि दिवंगत भएको तिथिमा गरिने श्राद्धलाई ‘नैमित्तिक श्राद्ध’ भनिन्छ । ‘काम्य श्राद्ध’– आफ्नो मनले चाहेको कार्य सिद्धिका लागि गरिने श्राद्ध । ‘वृद्धिश्राद्ध’– वृद्धिकाल (जस्तै– पुत्र–जन्म, विवाह आदि) मा गरिने श्राद्ध ।

यस्तै, पार्वण श्राद्ध भनेको औँसी तिथिमा वा पर्वकालमा गरिने श्राद्ध हो । सपिण्डन श्राद्ध– जुन श्राद्धमा प्रेत–पिण्डको पितृपिण्डहरूमा मिलन गराइन्छ । गोष्ठी श्राद्ध– गोठमा गरिने श्राद्ध । शुद्धयर्थ श्राद्ध– शुद्धिका निमित्त जुन श्राद्धमा ब्राह्मणहरूलाई भोजन गराइन्छ । कर्माङ्ग श्राद्ध– गर्भाधानमा, सोमरस–पानमा, सीमन्तोन्नयनमा जुन श्राद्ध गरिन्छ । दैविक श्राद्ध– सप्तमी आदि तिथिहरूमा विशिष्ट हविष्यद्वारा देववृन्दको उद्देश्यले गरिने श्राद्ध । यात्रार्थ श्राद्ध– तीर्थाटनका उद्देश्यले देशान्तर जाँदा घिउद्वारा गरिने श्राद्ध । पुष्ट्यर्थ श्राद्ध– आर्थिक तथा शारीरिक उन्नतिको लागि गरिने श्राद्ध । जसले फलादि सागसब्जीबाट श्रद्धापूर्वक श्राद्ध गर्छ, उसको कुलमा कोही पनि दुःखी रहँदैन । जस्तैः

तस्माच्छ«ाद्धं नरो भक्त्या शाकैरपि यथाविधि ।

कुर्वीत श्रद्धया तस्य कुले कश्चिन्न सीदति ।। (ब्रह्मपुराण)

ब्रह्मपुराणअनुसार श्रद्धा र विश्वासयुक्त गरेर गरिएको श्राद्धमा पिण्डहरूमा खसेका पानीका स–साना थोपाहरूबाट पशु–पक्षीको योनिमा रहेका पितृहरूको पोषण हुन्छ । जुन कुलमा बाल्यकालमै मृत्यु भएका छन्, उनीहरू मार्जनका पानीले नै तृप्त हुन्छन् । श्राद्धको महत्ता यहाँसम्म छ कि श्राद्धमा भोजन गरिसकेपछि जुन आचमन गरिन्छ र खुट्टा धोइन्छ, त्यसैबाट धेरैजसो पितृहरू तृप्त हुन्छन् । बन्धु–बान्धवहरूसँग अन्न–जलले गरिएको श्राद्धको त के कुरा गर्नु, केवल श्रद्धापूर्वक सागसब्जीले गरिएको श्राद्धबाट पनि पितृहरू तृप्त हुन्छन् ।

श्राद्धको परिणाम केवल पितृहरूको सन्तुष्टि तथा तृप्ति मात्रै होइन, त्यसबाट श्राद्धकर्तालाई पनि विशिष्ट फलको प्राप्ति हुन्छ । त्यसकारण, आफ्ना परम आराध्य पितृहरूको श्राद्धकर्मको माध्यमबाट आध्यात्मिक, आधिभौतिक र आधिदैविक सुखहरू प्राप्त गर्नु मानवीय कर्तव्य र परम हितकारक हुने कुरा सनातन वैदिक शास्त्रहरूमा उल्लेख गरिएको छ । साभार– हिमाल दृष्टि मासिक पत्रिका भाद्र २०८२ 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

धनुषाधाममा एक महिने मकर मेला सुरू

धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष…

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीम…