SamwadKhabar logo

               

तीर्थ परिचय

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

संवाद खबर

संवाद खबर

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

७ असोज, काठमाडौं । काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । नवरात्र सुरु भएपछि नेपालीहरू शक्तिपीठहरूको पूजाआजा विशेष श्रद्धा र भव्यतापूर्वक गर्ने परम्परा छ। यस क्रममा मैतीदेवीमा पनि पूजा–आराधना गर्न ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन्।

मन्दिरभित्र बंगलामुखी, भैरव, शिव, अष्टमातृका, देवपुरुष, गणेशलगायत देवीदेवताको दर्शन गर्न सकिन्छ ।

चारैतिर मानव बस्तीले घेरिएको मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ ।

पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकाले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो ।

अर्को किंवदन्दीअनुसार रुद्रमती अर्थात् हालको धोवीखोलाको किनारमा एक जना किसानले खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शिला) भेटे । त्यसलाई सार्न उनले धेरै प्रयास गरे पनि सकेनन् । बरु उनी थाकेर त्यहीँ भुसक्कै निदाए । त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयुरमा हिँडिरहेका बेला मयुरको प्वाँखको हावाले किसान ब्युँझिन पुगे । त्यसपछि उनले सबै कुरा सविस्तार देवीहरूलाई बताए । पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुसी भएर त्यहीँ बसिन् । त्यसैले कतिपयले यसलाई मयुरतीर्थसमेत भन्ने गरेका छन् । मन्दिरको मूलद्वारको सिधा उत्तरतर्फ मयुरतीर्थ छ ।

काठमाडौं निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नील बाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएको बताइन्छ ।

पञ्चकुमारी मैतीदेवी उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको प्रतीक हो । 

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

श्रीस्वास्थानी र शाली नदी

श्रीस्वास्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्…

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका१३…

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

७ असोज, काठमाडौं ।काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध …

बडिमालिकाको तीर्थयात्रा सुरु

बडिमालिकाको तीर्थयात्रा सुरु

१९ साउन, काठमाडौं । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्र…