SamwadKhabar logo

               

धर्म संस्कृति

भोजन संस्कार

संवाद खबर

संवाद खबर

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाबाट, धेरै मानिसको परिश्रम, प्रकृतिको अनुकम्पा र ईश्वरको कृपाबाट प्राप्त भएको सुफल हो ।यसको रक्षा गर्नाले हामीले आफ्नो रक्षा गरिरहेका हुनेछौं ।

परमात्माले हामीलाई यो मानव शरीर दिनुभएको छ ।  यो आफैमा दुर्लभ प्राप्ति हो । शरीर धर्मको साधन हो अर्थात् हामीले हाम्रा कर्तव्य कर्म पूरा गर्नमा सबैभन्दा महत्वको साधन यही शरीर हो ।यस्तो दुर्लभ र महत्वपूर्ण साधनको पालनपोषण र संरक्षण अरू कसैले गरिदिने छैन, अपितु हामी आफैले गर्नुपर्छ। मानव शरीरको पोषणमा भोजनको भूमिका महत्वपूर्ण हुने गर्दछ । हाम्रा शास्त्रहरूमा पनि शरीरलाई अन्नमय भनिएको छ ।  अन्न अर्थात् भोजनको यही महत्तालाई स्पष्ट पार्दै उपनिषद्ले अन्नको रक्षा गर्नु, उपेक्षा अथवा निन्दा नगर्नु भनेका छन्– ‘अन्नं न निन्द्यात् । अन्नं न परिचक्षीत । अन्नं बहु कुर्वीत ।’ अर्थात अन्नलाई निन्दा, अवहेलना नगर, जति सक्दो धेरै अन्न फलाऊ । फेरि ‘तद्व्रतम्’ भनी यी सबैलाई व्रतको संज्ञा दिइएको छ ।

“अन्नं ब्रह्मेति व्यजानात्” (तैत्तिरीय उपनिषद्, भृगुवल्ली–१) अर्थात् अन्न ब्रह्म हो भन्ने बुझ । यसर्थ, भोजनमा के खाने, कति खाने भन्ने कुरा जति महत्वपूर्ण छ, कसरी खाने भन्ने कुरा पनि त्यति नै महत्वपूर्ण छ । भोजन ग्रहण गर्दा स–साना कुरामा ध्यान दिइनुपर्छ। यसलाई भोजनको संस्कार भनेर बुझ्न सकिन्छ ।

आज आफ्नो शरीरलाई पालनपोषण गर्ने कुरामा उपेक्षित भावना देखिन्छ । मानिसले पेट त भर्छ तर त्यो पेट भरेर यो शरीरको पालनपोषण भइरहेको छ कि छैन भन्ने बारे कमै विचार गर्दछ ।  मानिस आफ्नो काममा यति व्यस्त छ अथवा व्यस्त देखिन्छ कि “खाना खानेसम्मको समय छैन“ भन्ने वाक्य धेरै पटक सुनिन्छ ।

अचेल देखिने दुई दृश्य
दुईवटा दृश्य अचेल धेरै देख्ने गरिन्छ । यी दुबै दृश्य तपाईं–हामीले देखेका मात्रै होइन आफै पनि पक्कै यी दृश्यका भागी बनेका छौं । पहिलो दृश्य– घरमा भोजनको समय भएको छ । तपाईं टीभीका अगाडि बसेर आफ्नो मनपर्ने कार्यक्रम हेर्दैहुनुहुन्छ ।  गृहिणीले ‘भोजन तयार भयो, खान आउनुस्’ भनेर बोलाउँछिन् । अनि तपाईं भन्नुहुन्छ– ‘भोजन यतै ल्याऊ ।’ तपाईंका अगाडि भोजन आइपुग्छ र तपाईं टीभी हेर्दै भोजन गर्नुहुन्छ ।

दोस्रो दृश्य– तपाईं मोबाइल चलाउँदै हुनुहुन्छ ।  कहिले काहीँ धेरै नै आवश्यक कार्य पनि मोबाइलबाट गर्नुपर्ने हुन्छ ।  तर कहिले काहीँ आवश्यक नभए पनि सोशल मीडियाको वशमा परेर तपाईं त्यसलाई छोड्न चाहनुहुन्न । मोबाइल चलाउँदा चलाउँदै तपाईं भोजन गरिसक्नुहुन्छ । अब प्रश्न के उठ्छ भने के तपाईंले भोजनको आनन्द लिनुभयो ? के तपाईंले भोजनलाई भावपूर्वक ग्रहण गर्नुभयो ? के भोजन गरिरहँदा तपाईंलाई यो ध्यान रहेको थियो कि भोक कति थियो र तपाईंले कति भोजन ग्रहण गर्नुभयो ? यसरी यदि तपाईंले विचार गर्नुभयो भने तपाईंले भोजन गर्दा कहिल्यै मोबाइल चलाउनु हुनेछैन र टीभी पनि हेर्नुहुने छैन । 

लुप्त भएको एउटा परम्परा
अचेल, एउटा दृश्य सामान्यतः देखिँदैन । यो दृश्य पूर्वकालमा पर्याप्त मात्रामा देखिन्थ्यो । यो दृश्य हो– पलैंटी कसेर भोजन गर्नु । हामी भन्ने गछौँ– युग परिवर्तन भइसकेको छ ।  आधुनिक युगमा को चाहिँ भुइँमा बसेर अथवा पलेंटी कसेर भोजन ग्रहण गर्दछ ! अचेल देखिने दृश्य यसभन्दा पूरै विपरीत छ ।  डाइनिङ टेबल वरिपरि बसेर भोजन गर्नु ।

अझै भिन्न र विपरीत त उभिएर, अथवा हिँड्दै खाना खाने चलन पनि छ ।  यी गलत हुन् । युग परिवर्तन भयो होला तर मानव शरीरको प्रकृति र आन्तरिक संरचना बदलिएको छैन । यो त त्यस्तै छ ।  र भोजनलाई खाने अनि पचाउने प्रक्रिया पनि पहिलेकै जस्तो छ ।  यसर्थ उभिएर अथवा हिँड्दै खानु भोजन संस्कारको विरुद्ध त छ नै स्वास्थ्यका लागि पनि अति हानिकारक छ । पलेँटी कसेर, भुइँमा बसेर भोजन ग्रहण गर्नाले पाचन प्रक्रियालाई तीव्र बनाउँछ ।  अतः जति अधिकतम हुनसक्छ राम्रो आसनमा पलेँटी कसी बसेर भोजन ग्रहण गर्ने अभ्यास गरौं । यो हाम्रो शरीरका लागि हितकारी छ ।

भोजन गर्दाको मनोभाव
भोजन ग्रहण गरिरहँदा हाम्रो मनोभाव कस्तो छ, यसले पनि भोजनबाट रस बन्ने प्रक्रियालाई प्रभावित गर्दछ ।  हामीले ग्रहण गर्ने भोजन शरीरमा गएर रस बन्दछ, जसबाट रक्त र अन्य पाँच धातु (मांस, मेद, अस्थि, मज्जा र शुक्र) बन्दछन् । भोजन गर्ने समयमा मनमा क्रोध, अशान्ति, द्वेष, ईष्र्या जस्ता भाव छन् भने रस राम्ररी बन्दैन । मन शान्त छ र आनन्दमा छ भने रस अधिक मात्रामा बन्नेछ ।  भोजनलाई प्रसाद रूपमा ग्रहण गर्यौ भने शरीरका लागि झनै पोषक रस निर्मित हुनेछ । 
भोजन गर्नुअघि मनको पवित्रता एवं शुद्धताका लागि भोजन मन्त्र उच्चारण गर्ने अभ्यास भयो भने झनै असल हुनेछ ।  भोजन मन्त्रले भोजनलाई ईश्वरको प्रसादका रूपमा ग्रहण गर्ने मनोभाव त बन्छ नै शरीरलाई पनि ऊर्जायुक्त बनाउँदछ ।

भोजन गर्दा उच्चारणीय मन्त्र
ब्रह्मार्पणं ब्रह्म हविब्र्रह्माग्नौँ ब्रह्मणा हुतम् । 
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिना ।।

अर्थः ब्रह्मलाई अर्पण गरिने हवि ब्रह्म नै हो । ब्रह्मरूपी अग्निमा ब्रह्मरूपी होताले गरेको ब्रह्मरूपी आहुतीहरू ब्रह्ममा नै पुग्दछन् । प्रत्येक कर्ममा यसरी ब्रह्मकै दर्शन गरिन्छ ।  यसो गर्नुको मूल उद्देश्य ब्रह्म प्राप्ति नै हो ।(भगवद्गीता ४.२४)

ॐ सहनाववतु । सह नौ भुनक्तु ।
सह बीर्य करवावहै।
तेजस्विनावधीतमस्तु माविद्विषावहै ।
ॐ शान्तिः । शान्तिः ।। शान्तिः !!!

हे परमात्मा ! हामी दुबै (गुरु र शिष्य) को रक्षा गर्नुहोस् । हामी दुबैको समानरूपमा पालन–पोषण गर्नुहोस् । हामी दुबै साथ–साथै बलप्राप्त गर्न सकौं। हामी दुबैले अध्ययन गरेको विद्या तेजोमयी होस्। हाम्रो मनमा कहिले पनि परस्पर द्वेषको भावना नआओस् ।
हे परमेश्वर ! हाम्रो व्यक्तिगत जीवनमा तथा राष्ट्र र सम्पूर्ण विश्वमा सर्वत्र शान्ति होस् । (उपनिषद्)

अन्नको निन्दा नगर्नु
भोजनमा पस्किएको व्यञ्जनहरूको आलोचना अथवा निन्दा गर्नु; यो राम्रो लाग्छ, त्यो लाग्दैन जस्ता कुरा गर्नु; थालमा पस्किएको सबै कुरा नखाएर जूठो छोड्नु; थालमा पदार्थ लिएपछि यदि इच्छा नभए त्यसलाई फ्याँकेर अर्को पदार्थ लिनु, भोजनको समयमा पेटभरी नखाएर घरि–घरि केही न केही खाइरहनु; यी सबै लक्षण भोजन संस्कारका विरुद्ध तथा अन्न विषयक अनादरका हुन् । जीवनका लागि आवश्यक अन्नप्रति अनादरपूर्ण व्यवहार गर्ने व्यक्ति अन्न उपलब्ध हुँदाहुँदै पनि भोकै रहनुपर्यो भने यसमा कुनै आश्चर्यको कुरो छैन । यस्तो अनादरपूर्ण व्यवहारलाई बदल्न कष्टसाध्य अवश्य होला तर संकल्पले सहज साध्य पनि हुन सक्छ ।  यहाँ हामीले के स्मरण गर्न आवश्यक छ भने भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाबाट, धेरै मानिसको परिश्रम, प्रकृतिको अनुकम्पा र ईश्वरको कृपाबाट प्राप्त भएको सुफल हो । यसको रक्षा गर्नाले हामीले आफ्नो रक्षा गरिरहेका हुनेछौं ।

सपरिवार भोजन गरौं
परिवारका सबै सदस्य सँगै बसेर भोजन गर्नु पनि भोजन संस्कारकै भाग हो । दुबै समयमा यदि सम्भव भएन भने पनि दिनमा एक पटक कुनै पनि समय परिवारका सबै सदस्य सँगै बसेर भोजन गर्ने अभ्यासले भोजनको समयलाई झनै स्नेहिल बनाउन सहयोग गर्दछ । 
कुनै पनि कार्यका विषयमा संस्कृतमा तीनवटा प्रश्न गर्न भनिएको छ– “किम् किमर्थम् कथं च” । किम् अर्थात् के, किमर्थम् अर्थात् किन र कथं अर्थात् कसरी । भोजन कसरी ग्रहण गर्ने, यो ‘कथ’को श्रेणीमा आउँछ ।  भोजन संस्कार वर्तमान एवं नवीन पुस्तामा कसरी स्थापित हुनसक्छ यसबारे नयाँ परिप्रेक्ष्य एवं परिदृश्यलाई ध्यानमा रखेर विचार गरिनु आवश्यक छ । यसबाट स्वस्थ समाजको संकल्पनालाई साकार गर्नसकिने छ ।  – हिमाल दृष्टि (मासिक पत्रिका), २०७९ कार्तिक । 
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

धनुषाधाममा एक महिने मकर मेला सुरू

धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष…

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीम…