SamwadKhabar logo

               

शिक्षा

नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने

संवाद खबर

संवाद खबर

नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने

७ पौष, काठमाडौं ।  नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ ।  नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो अमेरिकी डलर एक लाख सम्मको शिक्षा ऋण दिने भएको छ । 

स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको एमपावर फाइनान्सिङले जनाएको छ ।  

हालसम्म १९० भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीलाई सफल फन्डिङ गरिसकेको एमपावर फाइनान्सिङले अब नेपाली पोस्टग्रेजुएट विद्यार्थीलाई पनि आफ्नो कार्यक्रममा समावेश गरेको छ । नेपालबाट अन्तर्राष्ट्रिय शिक्षामा देखिएको उच्च मागलाई ध्यानमा राख्दै, संस्थाले यहाँका विद्यार्थीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एमपावर फाइनान्सिङले ११ वर्षदेखि अमेरिका र क्यानडाका पाँच सयभन्दा बढी उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ । 

संस्थाले धितो वा ग्यारेन्टर नमाग्नुको कारण यसको विशेष ‘अल्गोरिदम’ मा आधारित शैक्षिक ऋण मूल्याङ्कन प्रणाली हो । यस अल्गोरिदमले विद्यार्थीको शैक्षिक र करियर प्रोफाइल विश्लेषण गरी १० वर्षको अवधिमा शैक्षिक ऋण भुक्तानी गर्ने सामर्थ्य क्षमताको सटीक अनुमान निकाल्छ । ठूलो सङ्ख्यामा विद्यार्थीलाई शैक्षिक ऋण दिइसकेको हुनाले यो डेटा–आधारित मोडल निकै बलियो रहेको संस्थाको दाबी छ ।

एमपावर फाइनान्सिङले मुख्यत विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित मा मास्टर्स डिग्री र मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशनगर्न चाहने विद्यार्थीहरूलाई फन्डिङ गर्छ । संस्थाका अनुसार यी विषयहरूमा अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ र यसले विद्यार्थीको करियरमा सबैभन्दा राम्रो नतिजा दिन्छ । 

एमपावर फाइनान्सिङले स्थिर ब्याजदरमा शैक्षिक ऋण उपलब्ध गराउँछ । कम्पनीकी एशोसियट डाइरेक्टर क्लेयर अल्माण्डका अनुसार विद्यार्थीको प्रोफाइलको जोखिमको आधारमा ब्याजदर निर्धारण हुन्छ, तर शैक्षिक ऋण स्वीकृत भएपछि यो पूरा १० वर्षको अवधिका लागि स्थिर रहन्छ र परिवर्तन हुँदैन । 

एमपावर फाइनान्सिङले शैक्षिक ऋण पाउन योग्य विद्यार्थी छनोट गर्न मुख्यतया तीन कुरामा ध्यान दिने एल्माण्डको भनाइ छ । विद्यार्थी एमपावर फाइनान्सिङले सहकार्य गर्ने पाँच सय कलेज/स्कुलमध्ये कुनै एकमा भर्ना भएको हुनुपर्छ । विद्यार्थीको शैक्षिक रेकर्ड, टेस्ट स्कोर, कामको अनुभव र भविष्यको करियर योजनालाई महत्त्व दिइन्छ । र विद्यार्थीको हालको क्रेडिट रेकर्डलाई (यदि छ भने) पनि हेरिन्छ । तर नयाँ विद्यार्थीहरूको हकमा क्रेडिट रेकर्ड नहुँदा पनि फरक पर्दैन ।

एमपावर फाइनान्सिङले विद्यार्थीलाई आवश्यक पर्ने २,००१ देखि एक लाख डलरसम्मको शैक्षिक ऋण उपलब्ध गराउँछ । विद्यार्थीले आफ्नो ट्युसन फी, बस्ने खर्च र हाउजिङ खर्च सबै यसबाट कभर गर्न सक्छन् । संस्थाले शैक्षिक ऋणको उपयोगमा अत्यधिक अनुकूलता दिन्छ । विद्यार्थीले स्वीकृत रकममध्ये आफूलाई चाहिएको जति मात्र प्रयोग गर्न सक्छन् र प्रयोग गरेको रकमको मात्र ब्याज तिर्नुपर्छ । यदि पछि कुनै छात्रवृत्ति वा अन्य सहयोग प्राप्त भएमा विद्यार्थीले बाँकी ऋण रकम नलिने निर्णय पनि गर्न सक्छन् ।

यसका साथै, एमपावर फाइनान्सिङले विद्यार्थीहरूलाई भिसा अन्तर्वार्ताको तयारीका लागि निःशुल्क वेबिनार र स्रोतहरू उपलब्ध गराउनुका साथै ‘करियर एक्सिलेरेटर’ जस्ता करियर सर्भिसहरू उपलब्ध गराउँछ। अझ  प्रोग्राममार्फत उनीहरू अमेरिका/क्यानडा पुग्नुअघि नै इन्टर्नसिप र रोजगार बजारको तयारीका लागि बुट क्याम्प र कक्षाहरू पनि सञ्चालन गर्दछ ।

एमपावर फाइनान्सिङको सम्पूर्ण आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल (अनलाइन) र कागजपत्र रहित छ । यसले विद्यार्थीलाई परम्परागत ऋणदाताको जस्तो कार्यालय धाउनुपर्ने वा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । इच्छुक विद्यार्थीहरूले घरमै बसेर केबल ३० मिनेटमै संस्थाको वेबसाइटमार्फत आफ्नो आवेदन प्रक्रिया पूरा गर्न सक्ने कम्पनीका एशोसियट डाइरेक्टर क्लेयर अल्माण्डले बताउनुभयो । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

मन देखाउने दर्पण

मन देखाउने दर्पण

हिमालदृष्टि मासिक पत्रिका गुरुकुलका आचार्य आफ्ना शिष्यको सेवाबाट निकै प्रभावित हुनुभए…

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

४ माघ, काठमाडौं । इन्डोनेसियाका उद्धारकर्ताहरूले आइतवार हराएको एउटा सानो यात्रुवाहक…

काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

२९ पौष, काठमाडौं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत कला संकायको भाषा तथा आमसञ्चार विभा…

बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

चितवन, माघ २०८२ ।नेपालको स्वास्थ्य क्षेत्रमा बिरामीको सुरक्षा र सेवाको गुणस्तर अभिवृद्ध…