SamwadKhabar logo

               

अर्थ व्यवसाय

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

संवाद खबर

संवाद खबर

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

८ पौष, काठमाडौं । गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमवार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । 

गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो ।

गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले उखु काटेर पुर्याउन नसक्दा उद्योगलाई उखु अपुग भएको थियो । 

क्रसिङ खोल्यौँ, तर क्षमताअनुसार उखु निकै कम आएको बताउँदै उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भन्नुभयो, “यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपरेको छ ।दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता छ, तर उद्योगमा पहिलो दिन आएको उखु १५ हजार क्विन्टल नाघेन । यसले गर्दा रोकीरोकी क्रसिङ गर्नुपर्ने अवस्था छ ।” 

उद्योगललाई कम्तीमा पनि घानमै ३० हजार क्विन्टल उखु चाहिने उहाँले बताउनुभयो । 

किसानले अहिलेको मौसमको प्रतिकूलताले उखु कटानमा समस्या भएको बताएका छन् । “उखु काटेर चाँडै उद्योगमा पुर्याउन हामीलाई पनि हतारो छ, तर निकै जाडो बढेको हुँदा जनशक्ति पाइएको छैन”, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्छन्, “अब एकदुई दिनमै कटानले गति समात्ला ।”

सरकारले यसपालि गत मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो । यस वर्षका लागि उद्योगले प्रतिक्विन्टल रु ६२० र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने तोकेको छ । यो गत वर्षभन्दा रु ७० बढी हो । गत वर्ष उखुको मूल्य ५८५ र अनुदान ३५ रुपैयाँसहित किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए । यसपालिलाई उखुको मूल्य र अनुदानसहित ७५० पाउनुपर्ने माग राख्दै आएका किसानले थोरै भए पनि भाउ बढ्दा सन्तोष देखाएका छन् ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । यसमध्ये पाँच हजार बिघाको खुट्टी (दोस्रो वर्षको बाली) र चार हजार ६०० बिघाको मुडन (पहिलो वर्षको बाली) रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ । – रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

ट्राफिक प्रहरीद्वारा ५१ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा ५१ लाख राजस्व सङ्कलन

माघ ४, काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२र८३ को…

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

३० पौष, काठमाडौँ । स्थानीय बजारमा चार दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा तीव्र वृद्ध…

पाथीभराबाट  पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

पाथीभराबाट पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

२२ पौष, काठमाडौं ।ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा…