SamwadKhabar logo

               

खेलकूद

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

संवाद खबर

संवाद खबर

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

१४ पौष, काठमाडौं । गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन् । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन् ।

गोरखा नगरपालिका–५, स्थित ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड हनुमान भञ्ज्याङ हुँदै गोरखा दरबार परिसरमा समापन भएको थियो । प्रतियोगितामा नेपाली सेनाकै गणेश रावलले ३० मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भएको सङ्घका अध्यक्ष भगवान् बाबु मास्केले जानकारी दिए ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका अर्का धावक टङ्कबहादुर कार्कीले निर्धारित दूरी ३० मिनेट ५९ सेकेण्डमा पूरा गरेर प्रतियोगिता तेस्रो भएका छन् । प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए ।

त्यस्तै सशस्त्र प्रहरी वलकी धाविका आष्मा बिकले निर्धारित दूरी ४२ मिनेट १० सेकेन्डमा पूरा गरेर सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

नेपाल थाइल्यान्डसँग आठ विकेटले  पराजित

नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित

४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्…

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

माघ ४, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ…

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला…

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

१४ पौष, काठमाडौं । गोरखामा आयोजित म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली…