SamwadKhabar logo

               

विश्व

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

संवाद खबर

संवाद खबर

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

१६ पौष, काठमाडौं । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ ।

‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् ।

शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक ९टेस्ट० उपग्रहहरू हुन्, जसको मुख्य उद्देश्य अन्तरिक्ष लक्ष्य पहिचान र अनुगमनसँग सम्बन्धित नयाँ प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नु हो ।

यी उपग्रहहरू लङ मार्च–७ए रकेटमार्फत वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट कक्षामा पठाइएका हुन् र भविष्यका उन्नत अन्तरिक्ष प्रणाली विकासका लागि प्रविधिक डेटा सङ्कलनमा प्रयोग गरिन्छ । यी परीक्षणबाट प्राप्त अनुभव र डाटाले भविष्यका निगरानी, अन्तरिक्ष सुरक्षा, कक्ष व्यवस्थापन र उन्नत अन्तरिक्ष प्रणाली विकासमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष लक्ष्य पहिचानसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यस प्रक्षेपणसँगै लङ मार्च शृंखलाका वाहक रकेटहरूको कुल उडान सङ्ख्या ६२३ पुगेको छ । रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

२९ पौष, काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्…

ट्रम्पले सार्वजनिक गरे एक तस्बिर ; भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’

ट्रम्पले सार्वजनिक गरे एक तस्बिर ; भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’

२८ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक रा…

सन् २०२५ मा तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ मा तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

१८ पौष, काठमाडौं ।सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्…

पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु

पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु

१७ पौष, काठमाडौं । सरकारले आज १ जनवरी २०२६ को अवसरमा विदेशी नागरिक व्यवस्थापनको ल…