SamwadKhabar logo

               

खेलकूद

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

संवाद खबर

संवाद खबर

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल ३७ पदकसहित भारतले  २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत वर्षको विजेता नेपाललाई पछि पार्दै अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको हो । 

उपविजेता नेपालले १८ स्वर्ण ७ कास्य र २ रजतसहित २७ पदक हात पार्‍यो । त्यस्तै, तेस्रो स्थानमा चित्त बुझाएको श्रीलंकाले १५ स्वर्ण ६ कास्य र ५ रजतसहित २६ पदक प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा सहभागी खेलाडिले काता र कुमिते विधामा प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीले शील्ड, कप, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

यो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजनामा तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा आयोजना गरिएको हो । 

गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न राष्ट्रबिच भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ । हालसम्मको प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्दै अग्रता बनाइरहेको उहाँले बताउनुभयो ।

नेपालतर्फबाट प्रतियोगितामा २२ खेलाडी (११ महिला र ११ पुरुषं), विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । टोलीका अफिसियलका रूपमा बसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहा सहभागी छन्। 

महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज बोहराले बिजेता खेलाडीलाई पदक प्रदान गरेको छ । प्रतियोगितामा करिब ४७० खेलाडीले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीको प्रतिनिधित्व सियान काजी रानाले गर्नुभएको थियो । दुई दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका खेलाडीहरूको सहभागिता रहेको थियो ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

नेपाल थाइल्यान्डसँग आठ विकेटले  पराजित

नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित

४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्…

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

माघ ४, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ…

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला…

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

१४ पौष, काठमाडौं । गोरखामा आयोजित म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली…