SamwadKhabar logo

               

समाचार

पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु

संवाद खबर

संवाद खबर

पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु

१७ पौष, काठमाडौं । सरकारले आज १ जनवरी २०२६ को अवसरमा विदेशी नागरिक व्यवस्थापनको लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु गरेको छ ।  

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सुरुवात गरेको हो ।

यसअघि १ असोजदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गरेको हो ।

विभागका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागू गरिएको छ । दोस्रो चरणमा १ मार्च २०२६ (१७ फागुन २०८२) देखि  देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागू गरिने छ ।

यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरिएको छ ।यस प्रणाली कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोवास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ । त्यस्तै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदान प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने जनाइएको छ । विभागले आफ्नो वेबसाइटमा यो प्रणालीमा आबद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने

४ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग फागुन २१ गतेको प्रति…