SamwadKhabar logo

               

अर्थ व्यवसाय

पाथीभराबाट पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

संवाद खबर

संवाद खबर

पाथीभराबाट  पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

२२ पौष, काठमाडौं ।  ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनाभित्रमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपियाँ र मङ्सिरमा ७५ लाख ४९ हजार १ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा बढी मङ्सिरमा भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक हाड्बाङले जानकारी दिनुभयो । 

यस्तै, गत आर्थिक वर्षमा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपियाँ र अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपियाँ भेटी रकम सङ्कलन भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ।

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा सङ्कलन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ।

चालु आर्थिक वर्षको ५ महिनामा झण्डै १ लाख तीर्थयात्री पाथीभरा दर्शनका लागि आएका छन् । समितिका अनुसार मङ्सिरमा १९ हजार १ सय ८१ जना भक्तजन पाथीभरा पुगेका छन् । 

गत आर्थिक वर्षमा २ लाख १७ हजार ८ सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा २०८०–८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना तीर्थयात्रीले मन्दिर दर्शन गरेका थिए ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

ट्राफिक प्रहरीद्वारा ५१ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा ५१ लाख राजस्व सङ्कलन

माघ ४, काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२र८३ को…

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

३० पौष, काठमाडौँ । स्थानीय बजारमा चार दिनको अन्तरालमा सुनचाँदीको मूल्यमा तीव्र वृद्ध…

पाथीभराबाट  पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

पाथीभराबाट पाँच महिनामा एक करोडभन्दा बढी भेटी सङ्कलन

२२ पौष, काठमाडौं ।ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा…