अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता
माघ २२, काठमाडौं । अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता हुने भएको छ ।
ओमानमा वार्ता हुने ईरानी विदेशमन्त्री अब्बास अराग्चीले जारी दिएका हुन्। ओमान, कतार, टर्कीए, इजिप्टलगायत देशले मिलेर यस वार्ताको वातावरण बनेको हो। सबै आवश्यक प्रबन्ध गर्नुभएकोमा म मेरा ओमानी दाजुभाईलाई धन्यवाद भन्न चाहन्छु, अराग्चीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
तेहरानमा २८ डिसेम्बरदेखि चलेको लामो आन्दोलनबीच यो वार्ता हुन लागेको हो । आन्दोलनमा सरकारले हस्तक्षेप गर्दा ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । वार्तामा अमेरिकाका तर्फबाट मध्यपूर्वका अमेरिकी दूत स्टिफ विटकोफ र ट्रम्पका ज्वाँई जरेद कुस्नर सहभागी हुने अनुमान लगाइएको छ ।
अमेरिकाले आन्दोलनमा हस्तक्षेप नगर्न ईरानलाई पटक–पटक चेतावनी दिदैं आएको थियो । आन्दोलनमा दमन गरेमा सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी थियो ।
अमेरिकाले ईरानलाई दबाबमा राख्न अरेयिबन सागरमा लगेर आफ्नो सबैभन्दा ठूलो विमानवहाक युद्धपोत पनि राखेको छ । मंगलबार यस युद्धपोत नजिक आएको ईरानको एक ड्रोनलाई अमेरिकाले गोली हानेर खसालेको थियो । यसले दुई देशबीच तनावको स्थिती सिर्जना भएको थियो ।