SamwadKhabar logo

समाज

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

संवाद खबर

संवाद खबर

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दिएका थिए ।

अधिवक्ता राउतले सर्वोच्चको अन्तरिम आदेश जारी भएसँगै सकारात्मक सन्देश प्रवाह भएको र यो नेपालीको जित भएको प्रतिक्रिया दिए । सर्वोच्चको आदेशसँगै देवनागरी लिपीलाई विस्थापित गरेर अंग्रेजी भाषा मात्रै प्रयोग गर्ने गरी भएको निर्णय तत्काल कार्यान्वनयमा नआउने भएको छ ।

यसअघि २०७९ चैत २२ मा सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानुन संसोधन गर्ने निर्णय गरेको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि प्रयोग गर्न सकिने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसोधन गर्ने निर्णय लिएको थियो । यसअन्तर्गत ऐनको अनुसूची–२ लाई संसोधन गरी इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसहित नेपाली भाषा पनि प्रयोग गर्न सकिने नीति लागू हुनेछ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

२४ फागुन, काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

यो पनि