SamwadKhabar logo

               

राजनीति

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

संवाद खबर

संवाद खबर

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै "निर्वाचन जनता र राष्ट्रका लागि" नामक विशेष अभियानको शुभारम्भ गरेको छ। अभियानका राष्ट्रिय संयोजक नारायण प्रसाद ढकालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस नयाँ कार्यक्रमबारे जानकारी दिनुभएको हो।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, 'नेपाल प्रथम' अभियानको मुख्य उद्देश्य हरेक क्षेत्रमा नेपाललाई प्रथम स्थानमा पुर्‍याउनु र नेपालीहरूको इमानदारिता तथा सृजनशील क्षमतालाई रचनात्मक कार्यमा लगाउनु रहेको छ। अभियानले शिक्षा, स्वास्थ्य, प्रशासन, राजनीति र विज्ञान जस्ता क्षेत्रमा नेपाललाई आत्मनिर्भर र प्रेरणादायी राष्ट्र बनाउने लक्ष्य लिएको छ।

विगतमा भएका युवा आन्दोलनहरूको जगमा उभिएर यो अभियानले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र जनअपेक्षा अनुरूप सम्पन्न गराउन नागरिक सक्रियतामा जोड दिएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, राजनीतिक दलहरूले घोषणा पत्र निर्माण गर्दा जनताको वास्तविक इच्छा र आवश्यकतालाई समावेश गराउन अभियानले सुझाव दिने कार्य सम्पन्न गरिसकेको छ।  चुनावमा उठ्ने प्रत्याशीहरूलाई राष्ट्र र जनताप्रति जिम्मेवार बनाउन र उनीहरूमा दायित्वबोध गराउन यो अभियानले निरन्तर काम गर्ने जनाइएको छ। त्यस्तै, निर्वाचन पश्चात् पनि सामाजिक प्रहरीको भूमिकामा रहेर सुशासन, उत्तरदायित्व र नागरिक सचेतनाका लागि निरन्तर खबरदारी र अनुगमन गरिने संयोजक ढकालले बताउनुभएको छ।

यो अभियान देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा चरणबद्ध रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ। व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर "जनता र राष्ट्रका लागि" निर्वाचन हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नु नै यसको मूल मर्म रहेको विज्ञप्तिमा उल्लेख छ।

अभियानले यस राष्ट्रिय महत्त्वको कार्यमा सबै सरोकारवाला, सञ्चारकर्मी र आम नागरिकहरूलाई सक्रिय सहयोग र सकारात्मक भूमिकाका लागि हार्दिक अपिल समेत गरेको छ।

संयोजकको सम्बोधन : संयोजकद्वारा गरिएको सम्बोधनको भिडियो

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…

यो पनि

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

२५ फागुन, काठमाडौं । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिव…

सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

२४ फागुन, काठमाडौं । बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टी…

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

२४ फागुन, काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…