SamwadKhabar logo

               

राजनीति

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान पुन

संवाद खबर

संवाद खबर

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान पुन

६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्नसक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गर्नुभएको छ । 

पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) ईकाई सम्मेलनमा बोल्दै पुनले समावेशीता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताउनुभयो । 

प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशीताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको उहाँको भनाइ थियो ।

सोही कारण आफूहरुले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “समावेशीता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परेको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्धेश्य हो’, थप उहाँले भन्नुभयो, “ ‘लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरुका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरु तीनपटकसम्म सांसदरमन्त्री भइरहेका छन् । अब यसलाई रोक्नुपर्छ ।”

उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाण्डौंसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरुले लिन नहुनेमा जोड दिनुभयो । 

अवसर पाएका र नपाएकाहरुबीच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्योचित हुने चर्चा गर्नुभयो ।  

पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गर्नुहुँदै भन्नुभयो, “म मन्त्री भएको छु । मेरो छोराछोरीले काठमाण्डौंमा पढेका हुन् । उनीहरुले जनजाति कोटामा सरकारी सेवामा जाने होइन, प्रतिस्पर्धा गर्नुपर्छ ।”, “गाउँका गरिब बाहुन क्षेत्रीको छोराछोरी, पछि परेका मधेसी र जनजातिका छोराछोरी र वा कर्णालीको कोटामा आर्थिक र राजनीतिक पहुँचमा भएकाहरुका छोराछोरीले प्रतिस्पर्धा गर्न नसक्नेका लागि छुट्याइएको कोटाबाट अवसर लिन मिल्दैन ।”

चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताउनुभयो। 

चुनाव लडेर प्रतिस्पर्धाबाटै आउन सक्ने नेता कोटामा आयो भने अर्को आउन नसक्ने बताउँदै पुनले भन्नुभयो, “महिला छ सक्षम छ । जनजाति छ सक्षम छ । दलित छ समक्ष छ । उसैले कोटा खाइदियो भने अवसरमा पछि परेको मान्छे कसरी अगाडि आउन सक्छ ? यसलाई सच्याउनुपर्छ ।”

बंगलादेशमा समावेशीताकै नाराको गलत प्रयोग हुँदा जनतामा चुलिएको असन्तुष्टिको उदाहरण दिनुहुँदै भन्नुभयो, “बंगलादेश निर्माणमा संलग्नहरुका नातिनातिनाले मात्र सरकारी सेवामा अवसर पाउँछ भनिएका कारण जनतामा असन्तुष्टि बढ्यो । सानो झिल्कोले डँढेलेको रुप लिएर ६ महिनाअघि निर्वाचनबाट दुई तिहाई जनमत पाएको सत्ता जनताले पल्टाइदिए”, “तत्कालको जनमत मात्र सबै थोक होइन । राजनीतिक दल र नेतृत्वले मान्छेको मनस्थिति के छ, समाज कता जाँदैछ भन्ने बुझ्न सकेन भने तत्कालको जमनतको कुनै अर्थ हुँदैन ।”

०८४ मा आफ्नो दल ठूलो हुने दाबी गर्दै पुनले भन्नुभयो, “हिजो हामी समयअनुसार चल्न सकेनौं । हामीमा टुटफुट र विभाजनहरु भए । तर, अहिले आएर हामीले धेरै सिकेका छौं, थप उहाँले भन्नुभयो, “देश हाम्रो राजनीतिक एजेण्डामा चलेको छ । यो व्यवस्था रहुन्जेल माओवादी रहन्छ । चुनावबाट कहिले सानो र कहिले ठूलो हुनु स्वभाविक हो । अब हामी हाम्रो शक्तिमा फेरि बलियो हुँदैछौं । पार्टीलाई फेरि जीवन्त बनाउन लागिपरेका छौं ।”

ताजा

सबै

काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब…

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

२७ असार, काठमाडौं । चितवनका २५ हजार ७ सय ३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका…

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महा…

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

लोकप्रिय

सबै

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

२३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्त…

रसुवामा आएको बाढीमा बेपत्ता १८ जनाको पहिचान सार्वजनिक

२४ असार, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलवार…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण …

यो पनि

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गर्नुभएको …

राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

८ माघ, काठमाडौं । राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आय…

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान पुन

मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छः वर्षमान पुन

६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले नि…

मेयर बालेनद्वारा काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको शपथ ग्रहण

मेयर बालेनद्वारा काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको शपथ ग्रहण

१८ मंसिर, काठमाडौं । गत आइतवार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्व…