SamwadKhabar logo

समाचार

नेपाल टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने, टेलिकम सवा ६ अर्ब नाफामा

संवाद खबर

संवाद खबर

नेपाल टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने, टेलिकम सवा ६ अर्ब नाफामा

२२ माघ, काठमाडौं । नेपाल टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने भएको छ । टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर आजबाट एप र वेबसाइटबाट इ–सिम सेवा सुरु गरेको टेलिकमले जनाएको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।

इसिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ ।यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ(सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

आजैबाट टेलिकमले भोवाईफाई सेवाको व्यावसायिक सुरुवात पनि गरेको छ । यस प्रविधिमार्फत यस प्रविधि भोवाईफाई सपोर्ट गर्ने र भोल्ट सेवा सुरुवात गरिएका जुनसुकै मोबाइल फोनबाट देश तथा बाहिरबाट पनि वाईफाई नेटवर्कमार्फत् टेलिकमको मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् ।

२१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले आर्थिक वर्ष २०८०र०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको टेलिकमले जनाएको छ । अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।

त्यस्तै, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ ।

ताजा

सबै

शनिवार काठमाडौँमा इस्कोनको जगन्नाथ रथयात्रा

३ मंसिर, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) जोरपाटी ना…

बालाचतुर्दशी पर्वमा पशुपतिनाथमा शतबीज छरियो

३ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृहरूको सद्ग…

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरीगोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्…

हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

२ मंसिर, काठमाडौं । विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ…

लोकप्रिय

सबै

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरीगोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्…

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ …

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

२ मंसिर, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने ब…

हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

२ मंसिर, काठमाडौं । विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ…

यो पनि