SamwadKhabar logo

समाचार

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

संवाद खबर

संवाद खबर

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

२७ फागुन, काठमाडौं । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा. गार्गी शर्मालाई प्रदान गरेको छ । सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमवार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लालदासले उक्त पुरस्कार अर्पण गरे । 

पुरस्कारको राशि ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गरेको छ । उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।

सो अवसरमा दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लालदासले बहुआयामिक व्यक्तित्व सरदार रुद्रराज पाण्डे नेपाली साहित्यको मुर्धन्य व्यक्तित्व भएको उल्लेख गरे । रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गरे।

समितिका अध्यक्ष बद्रीराज पाण्डेले बहुआयामिक व्यक्तित्व रुद्रराज पाण्डे शिक्षा, साहित्य, इतिहास र आत्यात्मिक विधामा सक्रिय व्यक्तित्व भएको बताए । आधारभूत शिक्षाको ज्ञानको ज्योति फैलाएर सफलताका लागि निरन्तर सङ्घर्ष चाहिन्छ भन्ने भावनाले पाण्डेले शिक्षा, चेतना र समाजसुधारको भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

समितिका सदस्य एवं संस्कृतिविद् डा गोविन्द टण्डनले रुद्रराज पाण्डेले शिक्षा र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे । नेपाली साहित्यमा पाण्डेले पु¥याएको योगदानलाई स्मरणीय बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व गार्गी शर्माले स्वर्गीय पाण्डेको शिक्षा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै अहिलेका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व भएको बताइन् । समितिका संरक्षक ई कृष्णराज पाण्डेले स्व रुद्रराज पाण्डेको व्यक्तित्वबारे प्रकाश पारेको थियो । समितिका महासचिव डा नील पाण्डेले साहित्य र शिक्षाको विकास तथा प्रवद्र्धनमा रुद्रराज पाण्डेको योगदान महत्वपूर्ण भएको बताए ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…

यो पनि

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

कास्कीमा ४ हजार ६९८ मत बदर

कास्कीमा ४ हजार ६९८ मत बदर

२५ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा…