SamwadKhabar logo

समाज

अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

संवाद खबर

संवाद खबर

अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सामग्री नेपाल फिर्ता

१७ चैत, काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्त्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ । नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुगेका  पुरातात्विक वस्तुहरु आइतवार बिहान पुरातत्व विभागले सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

यीमध्ये वि.सं. २०३७ सालमा काठमाडौंको इटुम्बहालबाट हराएका तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी) रहेका छन् । त्यसैगरी, एक प्रस्तरबाट बनाइएको स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुंगमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

साथै, आर्ट इन्स्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति ९१२(१३ औं शताब्दी० र अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९ औं शताब्दी) पनि नेपालका विभिन्न स्थानबाट हराएर अमेरिका पुगेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाको महत्व बुझेकोले ती सम्पदा फर्काने प्रयासमा रहेको बताउनुहुँदै भन्नुभयो, “नेपालका सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्त्व बुझेर ती सम्पदा फर्काउने प्रयास गरिरहेका छौं । अब नेपालबाट मूर्तिहरू चोरी गर्न सकिँदैन । विगतमा गएका चिजहरू अहिले फर्किनु सकारात्मक कुरा हो ।”

अब दुराचार गर्ने समय समाप्त भएको छ र अब चोरी हुन नसक्ने दाबी गर्नुहुँदै उहाँले मूर्तिहरूको प्रतिष्ठापनका लागि सरकारले प्रतिबद्धता जनाएको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गर्नुभयो । 

अहिलेसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्त्वका मूर्तिहरू र कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिहरू तथा संघ–संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलिया जस्ता देशहरूबाट थप कलात्मक वस्तुहरूको फिर्तीका लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्रै नेपालमा फिर्ता भएका पुरातात्विक महत्त्वका वस्तुहरूको संख्या १०४ पुगेको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

एनसेलले ल्यायो विद्यार्थीका लागि  ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेव…