SamwadKhabar logo

समाचार

वनमन्त्री ठकुरी र सांसद गौतमद्वारा जडिबुटी प्रशोधन केन्द्रको निरीक्षण

संवाद खबर

२१ चैत, काठमाडौं । वनमन्त्री ऐनबहादुर शाही ठकुरी र काठमाडौं २ कि प्रतिनिधिसभा सदस्य सोबिता गौतमले जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । बिहीवार बिहान मन्त्री ठकुरी र रास्वपा सांसद गौतमले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् । 

चैत १५ को राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको छ । गाडीहरू जलेका छन् । करोडौंको क्षति भएको छ । प्रशोधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए । 

निरीक्षणपछि वनमन्त्री ठकुरीले छिटोभन्दा छिटो सञ्चालनमा लागि गृहकार्य भइरहेको बताउनुहुँदै प्राविधिक र विज्ञहरुको छलफलपछि १० करोड भयो भने अस्थायी सञ्चालन हुनसक्ने बताउनुभयो ।  क्षतिको सहरी विभागले मूल्यांकन गरिरहेको र पुननिर्माण प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुन सुचारू गर्छौं ।”

सांसद गौतमले आगलागीबाट २८ करोडको क्षति देखिएको भन्दै आगो लगाउनेलाई कानुनी दायरामा आउनुपर्ने र सरकारले ल्याउनुपर्ने बताउनुभयो । गौतमले प्रशोधन केन्द्रलाई सार्नुपर्ने सुझाव दिनुहुँदै भन्नुभयो, “जतिबेला स्थापना भयो, खुला ठाउँ थियो, अब घना बस्ती भइसकेकाले यहाँ उपयुक्त छैन भन्ने महसुस भएको छ । सरकारले उपयुक्त स्थानमा सार्नको लागि योजना बनाउनुपर्छ ।”

प्रशोधन केन्द्रकि महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँको अनुसार उद्योगको दुइटा भवन र १३ वटा गाडी जलेर क्षति भएको छ । २८ करोडको क्षति भएको छ । यादवले तत्कालका लागि १० करोड उपलब्ध भए सेवालाई सुचारू गर्न सकिने पनि बताउनुभयो । 

प्रशोधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेरोजगार हुने चिन्ता व्यक्त गर्दै पहल गरिदिन सांसद गौतमलाई अनुरोध गरेका थिए ।

ताजा

सबै

बालाचतुर्दशी पर्वमा पशुपतिनाथमा शतबीज छरियो

३ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृहरूको सद्ग…

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरीगोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्…

हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

२ मंसिर, काठमाडौं । विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ…

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

२ मंसिर, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने ब…

लोकप्रिय

सबै

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ …

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरीगोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्…

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

२ मंसिर, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने ब…

हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

२ मंसिर, काठमाडौं । विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ…

यो पनि