SamwadKhabar logo

               

गण्डकी प्रदेश

चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन

संवाद खबर

संवाद खबर

चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन

२६ चैत, काठमाडौं ।  चैत्राष्टमी सुरु भएपछि  नवरात्र पर्वमा दुर्गा भवानीको विशेष पूजा हुने बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ। गण्डकी प्रदेशको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बाग्लुङ कालिका मन्दिरमा चैते दशैंको अवसरमा आएका करिब ७ लाख दर्शनार्थीहरूले चढाएका भेटी ४२ लाखभन्दा बढी संकलन भएको हो । 

बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधिभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। नवरात्रको पहिलो दिन चैत १७ गते तीन लाख ४९ हजार ८ सय ६ रुपैयाँ भेटी संकलन भएको, दोस्रो दिन दुई लाख ३१ हजार चार सय ७०, तेस्रो दिन ५ लाख २० हजार एक सय ६५, चौथो दिन दुई लाख ८१ हजार ७ सय ५९ रुपैयाँ , पाँचौं दिन चार लाख ८२ हजार तीन सय ३५, छैठौं दिन ५ लाख ६८ हजार ७५० रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले बताउनुभयो ।  मन्दिरमा सबैभन्दा धेरै भेटी महाअष्टमीको दिन चैत २३ गते ११ लाख ८१ हजार ५ सय ९० संलकन भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

‘अष्टमीको दिनमा अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ, विगतका वर्षहरूको तुलनामा पनि यो वर्ष धेरै संकलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चैत २४ गते चार लाख ११ हजार ५ सय १० र २५ गते दुई लाख ३५ हजार ७ सय ७० रुपैयाँ संकलन भएको छ।

बागलुङ कालिका मन्दिरमा शनिवार र मंगलवार विशेष पूजा हुन्छ। चैते दसैँ र बडा दसैँको नवदुर्गामा बली चढाउने र दर्शन गर्न आउनेहरूको ठूलो भीड लाग्छ।  

चैते दसैँमा विशेष मेला लाग्ने भएका कारण पनि यो समयमा यहाँ आउनेहरूको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना चैते दसैँ मेला चैत २० बाट सुरु भएर सोमवार मात्रै समापन भएको छ।


 

ताजा

सबै

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

२८ मंसिर, काठमाडौं । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गानौबिसेमलेखु सडक ख…

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

२८ मंसिर, काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको ए…

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

२८ मंसिर, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन म…

पुसे मेलाका लागि मेरिङदेनमा दुई दिन बिदा

२८ मंसिर, काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मेरिङदेन२ खाम्लुङमा हरेक वर्ष पुस १ देखि …

लोकप्रिय

सबै

मोरङमा खेतबारीमा भेटियो ९ सय किलो गाँजा

२५ मंसिर, काठमाडौं । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गर…

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी…

गोवाबाट पाँच शव नेपाल ल्याउने तयारी

२५ मंसिर, काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर …

असल कार्यमा प्रोत्साहन दिने गरौं

प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न …

यो पनि

पर्वतमा मुटु रोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वतमा मुटु रोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

२८ मंसिर, काठमाडौं । पर्वत जिल्लाको कुश्मानगरपालिका१२ ठुली पोखरीमा शनिवार सञ्चालित …

एउटै बेनीकोटबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

एउटै बेनीकोटबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

१७ मंसिर, काठमाडौं । तनहुँको व्यास नगरपालिका१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्…

पोखरामा दाइँ महोत्सव

पोखरामा दाइँ महोत्सव

१२ मंसिर, काठमाडौं । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका१…

भेटीको सदुपयोगः स्वचालित उपकरण जडान, गलेश्वर राति पनि उज्यालो

भेटीको सदुपयोगः स्वचालित उपकरण जडान, गलेश्वर राति पनि उज्यालो

१२ मंसिर, काठमाडौं ।भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानीबाट म्याग्दीको बेनी नगरपा…