SamwadKhabar logo

               

धर्म संस्कृति

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

संवाद खबर

संवाद खबर

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध  ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । यस वर्ष पनि २८ वर्षीय सुजन बागले तेस्रोपटक जिब्रो छेडाएर यो सांस्कृतिक परम्परालाई जीवित राख्ने भएका छन् ।  

सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। बुद्धकृष्णका ज्येष्ठ दाजु कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेका थिए। दुई वर्षअघि सुजनले यो परम्परालाई पुस्तान्तरण गर्दै जिब्रो छेडाएर नयाँ इतिहास रचेका थिए। जात्राका लागि तयारीमा कडा नियम पालना गर्नुपर्छ। बुद्धकृष्णका अनुसार, जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्ति, महिला, जुठो वा सुतक परेका व्यक्तिलाई छुनुहुँदैन। नुन खान नहुने, बोडे छाडेर बाहिर जान नहुने र तीन दिनअघिदेखि व्रत बस्नुपर्ने परम्परा छ। सुजनले यो संस्कृति जोगाउन आफू प्रतिबद्ध रहेको बताए।

सुजन भन्छन्, “बुबाले जिब्रो छेड्दा सानैदेखि सँगै हुन्थेँ। उहाँको संस्कृति जोगाउने प्रयासले मलाई प्रेरणा दियो। दुई वर्षअघि मैले पहिलोपटक जिब्रो छेडेँ, यस वर्ष पनि महादीप बोकेर बोडे परिक्रमा गर्नेछु।” बुद्धकृष्णले थपे, “यो जात्रा बोडेको पहिचान हो। मेरो छोराले यो जिम्मेवारी सम्हालेकोमा गर्व लाग्छ। अब युवापुस्ताले यो परम्परा जोगाउनुपर्छ।”

जात्राअघि जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा चार दाम चढाएर सगुन दिने र व्रत सुरु गर्ने प्रचलन छ। जात्रा दिनमा पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा १० इन्च लामो फलामको सुइरो जिब्रोमा छेडिन्छ। त्यसपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गरिन्छ। अन्त्यमा, महालक्ष्मी मन्दिरमा सुइरो झिकेर घाउमा मन्दिरको माटो लगाउने परम्परा छ।

यो जात्रा १०८ वर्षदेखि निरन्तर चल्दै आएको छ, जसमा हालसम्म १३ जनाले जिब्रो छेडेका छन्।

ताजा

सबै

शनिवार काठमाडौँमा इस्कोनको जगन्नाथ रथयात्रा

३ मंसिर, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) जोरपाटी ना…

बालाचतुर्दशी पर्वमा पशुपतिनाथमा शतबीज छरियो

३ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृहरूको सद्ग…

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरीगोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्…

हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

२ मंसिर, काठमाडौं । विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ…

लोकप्रिय

सबै

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरीगोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्…

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ …

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

२ मंसिर, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने ब…

हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण

२ मंसिर, काठमाडौं । विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ…

यो पनि

शनिवार काठमाडौँमा इस्कोनको जगन्नाथ रथयात्रा

शनिवार काठमाडौँमा इस्कोनको जगन्नाथ रथयात्रा

३ मंसिर, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) जोरपाटी ना…

बालाचतुर्दशी पर्वमा पशुपतिनाथमा शतबीज छरियो

बालाचतुर्दशी पर्वमा पशुपतिनाथमा शतबीज छरियो

३ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृहरूको सद्ग…

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

२ मंसिर, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने ब…

लिम्बू समुदायहरुको  ‘चासोक तङ्नाम’ पर्व सुरु

लिम्बू समुदायहरुको ‘चासोक तङ्नाम’ पर्व सुरु

१ मंसिर, काठमाडौं । लिम्बू समुदायहरुले महान् पर्व चासोक तङ्नाम मनाउन सुरु गरेको छ ।…