जन्मजयन्ती विशेष : जनकनन्दिनी सीता
✍ गणेश तिमिल्सिना
वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी पनि भनिन्छ । यो हिन्दूहरूको एउटा महत्त्वपूर्ण पर्व हो । सीता त्याग र पतिव्रताकी प्रतिमूर्ति हुन् ।पतिव्रता पत्नीका रूपमा उनले निभाएको कर्तव्यबाट यस युगका नारीहरूले पनि ठूलो पाठ सिक्न सक्छन् ।
प्राचीन कालमा मिथिलाका नामले प्रसिद्ध क्षेत्रलाई अहिले जनकपुरका नामले चिनिन्छ । जनकपुरआसपासका क्षेत्र पनि मिथिला नामबाटै चिनिन्छन् तर राजा जनकले शासन गरेका कारण राजधानीलाईजनकपुर (जनकको पुर/सहर) भन्न थालियो । नेपालको इतिहासमा राजा जनकको विद्वत्ता र त्यागको बढी चर्चा हुने गर्छ । जनककी छोरी भएकै कारण सीतालाई जानकी तथा जनकपुत्री भनेर पनि चिन्ने गरिन्छ । राजा जनकलाई विदेह र विदेहकी छोरी भएकाले सीतालाई वैदेही भन्ने गरिन्छ । यिनकी आमाको नाम भने सुनयना थियो ।
पौराणिक कथनअनुसार राजा जनकले सन्तानप्राप्तिका लागि यज्ञ आरम्भ गरेका थिए । त्यही बेला यज्ञको तयारीका लागि हलो जोत्ने क्रममा जमिनमा परेको हलोको डोबमा उनी भेटिइन् र जनकले छोरीका रूपमा पालनपोषण गरे । वास्तवमा सीता शब्दको अर्थ पनि जोत्दा जमिनमा परेको हलोको डोब हो । यही कारणले यिनलाई सीता भनियो र कालान्तरमा सीता नामबाट नै यिनी चिनिइन् । यिनका ऊर्मिला, माण्डवी र श्रुतकीर्ति नाम गरेका बहिनीहरूको प्रसङ्ग पनि रामायण आदि ग्रन्थमा वर्णित छ । यिनलाई सनातन परम्पराका अनुयायीहरू विष्णुकी पत्नी लक्ष्मी देवीको अवतार मानी श्रद्धा व्यक्त गर्दछन् ।
वैशाख महिनाको शुक्ल पक्षको नवमी तिथिमा सीताको जन्म भएको थियो । यस दिनलाई सीतानवमी पनि भनिन्छ । यो हिन्दूहरूको एउटा महत्त्वपूर्ण पर्व हो । सीता त्याग र पतिव्रताकी प्रतिमूर्ति हुन् । राजपरिवारमा रामसँग विवाह भएको थियो । त्यसै क्रममा उनका बहिनीहरूको हुर्केकी सीताको विवाह विष्णुका अवतार मानिएका विवाह पनि रामका भाइहरू भरत, लक्ष्मण र शत्रुघ्नसँग भयो । त्यतिखेर राम अयोध्याका राजा दशरथका जेठा सन्तान तथा अयोध्याका उत्तराधिकारी थिए । सीताको स्मृतिमा बनाइएको रामजानकी मन्दिर, विवाहमण्डपको राम र सीताको विवाह भएको दिन विवाहपञ्चमी अनि प्रतिकृति अद्यापि जनकपुरमा देख्न सकिन्छ। सीतानवमी, रामको जन्मोत्सवका रूपमा मनाइने रामनवमी तिथिमा सीताको जन्मस्थल जनकपुरमा भक्तहरूको भीड लाग्ने गर्छ ।
त्यतिमात्र नभई अग्निपरीक्षामा आफूलाई खरो उतारेर राज्यको प्रजाको सुखका लागि त्यागिँदा समेत हिम्मत नहारेकी सीता वास्तवमै असल छोरी, कुशल पत्नी तथा आदर्श नारी हुन् । वाल्मीकि ऋषिको आश्रममा रहेर छोराहरू लव र कुशप्रति एक्लै आमाको मात्र नभएर बाबु र गुरुको पनि भूमिका निर्वाह गरेकाले उनी अनुकरणीय आमा पनि हुन् ।
रामसँग विवाह भएपछि कैकेयीले मागेको वरदानस्वरूप दशरथले रामलाई वनवासका लागि आदेश दिन्छन् । पिताको आज्ञालाई शिरोपर गरी वनवास जान लागेका रामले सीतालाई आफूसँग आउँदा वनमा धेरै कष्ट झेल्नुपर्ने बताएर वनवासमा नआउन आग्रह गर्छन् । पति र पत्नीलाई एकअर्काको परिपूरक मानिन्छ । पत्नीलाई सहधर्मिणी भनिन्छ । जीवनसाथीका रूपमा पति र पत्नीलाई लिइने भएकाले पतिको हरेक समयमा साथ दिनु पत्नीको कर्तव्य हुन आउँछ त्यसैले सीताले आफूलाइ रामसँग नै वनमा लैजान अनुरोध गर्छिन् । दरबारिया भौतिक सुखसयललाई पतिका लागि सहजै त्याग्न सक्ने सीताको यो कदमलाई आजको विश्वले ससम्मान हेने गर्छ। पतिव्रता पत्नीका रूपमा उनले निभाएको कर्तव्यबाट यस युगका नारीहरूले पनि ठूलो पाठ सिक्न सक्छन् ।
वनवासकै क्रममा रामायणमा वर्णन गरिएका अरु पछि प्रसङ्ग पनि उत्तिकै स्मरणीय देखिन्छन्। सुनको मृगका लागेका रामको सुरक्षाका निमित्त उनले लक्ष्मणलाई तुरुन्त पठाएकी छन् भने दण्डक वनबाट अपहरणमा परेर अशोकवाटिकामा रावणको कब्जामा रहँदा उसको प्रलोभन र धम्कीको परबाह नगरी आफूलाई विचलित हुन दिएकी छैनन् । त्यतिमात्र नभई अग्निपरीक्षामा आफूलाई खरो उतारेर राज्यको प्रजाको सुखका लागि त्यागिँदा समेत हिम्मत नहारेकी सीता वास्तवमै असल छोरी, कुशल पत्नी तथा आदर्श नारी हुन् । वाल्मीकि ऋषिको आश्रममा रहेर छोराहरू लव र कुशप्रति एक्लै आमाको मात्र नभएर बाबु र गुरुको पनि भूमिका निर्वाह गरेकाले उनी अनुकरणीय आमा पनि हुन् । लव र कुश समाजलाई अर्पण गर्दै भूमिबाट जन्मिएकी भूमिजा अन्ततः भूमिमै लिन हुन्छिन् । आजको युगले सीताबाट आँट र दृढनिश्चयताको अनुकरण गर्न सके सायद परिस्थितिले कोल्टो फेर्न सक्छ ।
शिवधनुषलाई सम्हाल्न सक्ने पराक्रमले नै रामसँग सम्बन्ध गाँसिन पुगेको हो माइतीले दिएको संस्कारलाई अक्षरशः पालन गर्दै जन्मभूमिको प्रतिष्ठालाई सगरमाथाको उचाइमा पुपु¥याएकी सीता सच्चा धर्तीकी छोरी हुन् । उनकै त्याग र आदर्शमा संस्कृतको पहिलो काव्य रामायण रचिएको छ । उनको कार्यको अनुसरण गरेर देशको गरिमा बढाउने सङ्कल्पका साथ चेलीहरू अघि सरेका छन् । उनका यिनै कार्यलाई मनन गरेर नेपालको राष्ट्रिय विभूतिको सूचीमा उनको नाम पनि अङ्कित गरिएको छ ।
आफ्ना सद्गुणहरूले विश्वलाई नै चकित बनाउन सक्ने सीताको नाम आदर्श महिलाहरूको पङ्क्तिमा सबैभन्दा अगाडि लिइन्छ । जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने उनी साहसी नारी हुन् । उनी पतिको हरेक कदममा साथ दिने असल जीवनसँगिनी तथा मातृवात्सल्यको न्यानो पछ्यौरीभित्र राखेर सन्तानलाई हुर्काउने सङ्घर्षशील चरित्र पनि हुन् । स्वदेशको गरिमालाई सधैँ शिरमा राखेर हिँड्नु र उनले देखाएको मार्गमा चल्न सक्नु नै आजका मानिसहरूको प्रमुख चुनौती बनेको छ । - हिमाल दृष्टि मासिक पत्रिका २०७६