SamwadKhabar logo

               

धर्म संस्कृति

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

संवाद खबर

संवाद खबर

दुष्ट शक्तिमाथि निःस्वार्थ भक्तिको विजय : नरसिंह जयन्ती

वैशाख महिनाको चतुर्दशी तिथि अर्थात् आज नरसिंह जयन्ती ।

नृसिंह (नरसिंह) नर (मान्छे) अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । भगवान विष्णुले आजैको दिन प्रल्हादको श्रद्धा-भक्ति,  प्रल्हादको रक्षाको लागि नरसिंह अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइन्छ । विशेषगरी आजको दिनमा नरसिंह धाममा भक्तजनहरुको भीड हुुनुको साथै भगवान् विष्णुको पूजाआराधना हुने गर्दछ ।

पौराणिक मान्यता :
नरसिंहलाई भगवान विष्णुको सबैभन्दा उग्र अवतार मानिन्छ । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ ।

राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पाप र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनका लागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छौ भनेर आज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः

न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।

न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।

त्यसपछि हिरण्यकश्पिुको अत्याचार, अन्याय र पापका श्रृंखला बढ्न थाल्यो चारैतिर त्रास बढ्न थाल्यो 

हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो ।

केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद विस्तारै बुझ्ने हुन थाले र उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे । प्रह्लाद निर्मल मनको भक्त, अटल श्रद्धाको प्रतीक हुन् । 

एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा-तिखा नङ्ग्राले पेट चिरीदिनुभयो ।

यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले यसरी आजैको दिन प्रल्हादको रक्षाको लागि नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ ।

भगवानले आवश्यकताअनुसार रूप धारण गरी अवतार लिएर व्यक्ति, समाज, राष्ट्र एवं विश्वको नै कल्याण गर्नुहुन्छ भन्ने भाव यस पौराणिक प्रसंगबाट प्राप्त हुन्छ । साथै नकारात्मक शक्तिमाथि सधैं निःस्वार्थ सत्य भक्ति नै विजय हुन्छ भन्ने बोध हुन जान्छ । 

कथा भक्त प्रह्लादको- नृसिंह अवतारको -नृसिंह जयन्ती विशेष 

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

धनुषाधाममा एक महिने मकर मेला सुरू

धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष…

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीम…