SamwadKhabar logo

शिक्षा

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

संवाद खबर

संवाद खबर

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ देवघाटस्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित सो गुरुकुलमा अध्ययनरत ५०० विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । 

मंगलवार सेवा र विकासका लागि युवाले यस वर्ष २ हजार ५ सय विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण कार्यक्रम प्रारम्भ गरेको हो । 

सेवा र विकासका लागि युवाको स्थापना वि.सं. २०७५ फाल्गुन १५ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता एवम् विधिवत् पञ्जिकरण भएको सामाजिक संस्था हो। समाज जीवनका विभिन्न क्षेत्रमा कार्य गरिरहेका स्वयंसेवी भावका युवाहरू एवम् देशका विभिन्न क्षेत्र र तहमा रहेका युवालाई आवद्ध गर्दै समाजमा असल, कुशल, चरित्रवान, इमानदार र राष्ट्रिय दृष्टिकोणयुक्त युवावर्ग निर्माण गर्दै उनीहरूको सोच, क्षमता र कौशललाई समाजहित सेवामूलक एवम् विकास कार्यमा सदुपयोग गर्न र युवाशक्तिलाई विकासका विभिन्न कार्यमा सक्रिय गराउने ध्येयका साथ सेका र विकासका लागि युवाको स्थापना भएको हो ।

हालसम्म सेवा र विकासका लागि युवामार्फत धादिङ जिल्लाको चेपाङ बस्तीमा आर्थिक सहयोगका साथै लत्ता कपडा वितरण कार्यक्रम, बारा जिल्लामा हावाहुरी प्रभावित क्षेत्रमा खाद्यान्नका साथै जिन्सि सामग्रीको वितरण कार्यक्रम, लमजुङ, चितवन, पर्वत, दाङ लगायतका जिल्लाहरूमा वृहत् शैक्षिक सामग्री वितरण कार्यक्रम, जाजरकोटमा गएको भुकम्प पश्चात भुकम्पबाट प्रभावित बारेकोटको एक विद्यालयमा ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा ५०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, नि:शूल्क कम्प्युटर प्रशिक्षण, कपडा बैंक सञ्चालन, विभिन्न शैक्षिक सामाजिक समसामयिक विषयमा विचारगोष्ठी, अन्तरक्रिया, जीवनउपयोगी सीपमूलक तालिम, सरसफाइ अभियान लगायतका कार्यक्रमहरू विभिन्न समयमा हुँदै आएको छ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

एनसेलले ल्यायो विद्यार्थीका लागि  ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन व्यंग्यात्मक विरोध प्रदर्शन  ‘भिक्षा देही’

उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन व्यंग्यात्मक विरोध प्रदर्शन  ‘भिक्षा देही’

४ वैशाख, काठमाडौं । त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धिका लागि…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

२० चैत्र, काठमाडौं । हेटौँडाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर…