SamwadKhabar logo

शिक्षा

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

संवाद खबर

संवाद खबर

सेवा र विकासका लागि युवाद्वारा गुरुकुलमा शैक्षिक सामग्री वितरण

६ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा आयोजित श्रीपरमानन्द संस्कृत गुरुकुलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ देवघाटस्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित सो गुरुकुलमा अध्ययनरत ५०० विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । 

मंगलवार सेवा र विकासका लागि युवाले यस वर्ष २ हजार ५ सय विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण कार्यक्रम प्रारम्भ गरेको हो । 

सेवा र विकासका लागि युवाको स्थापना वि.सं. २०७५ फाल्गुन १५ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता एवम् विधिवत् पञ्जिकरण भएको सामाजिक संस्था हो। समाज जीवनका विभिन्न क्षेत्रमा कार्य गरिरहेका स्वयंसेवी भावका युवाहरू एवम् देशका विभिन्न क्षेत्र र तहमा रहेका युवालाई आवद्ध गर्दै समाजमा असल, कुशल, चरित्रवान, इमानदार र राष्ट्रिय दृष्टिकोणयुक्त युवावर्ग निर्माण गर्दै उनीहरूको सोच, क्षमता र कौशललाई समाजहित सेवामूलक एवम् विकास कार्यमा सदुपयोग गर्न र युवाशक्तिलाई विकासका विभिन्न कार्यमा सक्रिय गराउने ध्येयका साथ सेका र विकासका लागि युवाको स्थापना भएको हो ।

हालसम्म सेवा र विकासका लागि युवामार्फत धादिङ जिल्लाको चेपाङ बस्तीमा आर्थिक सहयोगका साथै लत्ता कपडा वितरण कार्यक्रम, बारा जिल्लामा हावाहुरी प्रभावित क्षेत्रमा खाद्यान्नका साथै जिन्सि सामग्रीको वितरण कार्यक्रम, लमजुङ, चितवन, पर्वत, दाङ लगायतका जिल्लाहरूमा वृहत् शैक्षिक सामग्री वितरण कार्यक्रम, जाजरकोटमा गएको भुकम्प पश्चात भुकम्पबाट प्रभावित बारेकोटको एक विद्यालयमा ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा ५०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, नि:शूल्क कम्प्युटर प्रशिक्षण, कपडा बैंक सञ्चालन, विभिन्न शैक्षिक सामाजिक समसामयिक विषयमा विचारगोष्ठी, अन्तरक्रिया, जीवनउपयोगी सीपमूलक तालिम, सरसफाइ अभियान लगायतका कार्यक्रमहरू विभिन्न समयमा हुँदै आएको छ । 

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि

परिषद्को राष्ट्रिय शिक्षक वर्ग देवघाट धाममा प्रारम्भ

परिषद्को राष्ट्रिय शिक्षक वर्ग देवघाट धाममा प्रारम्भ

३० जेठ, काठमाडौं । देशभरिका शिक्षकहरूबीच अनुभव, ज्ञान र राष्ट्रप्रतिको उत्तरदायित्वलाई…

अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति वितरण

अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति वितरण

१२ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वयमा अमेरिकास्थित ओरेगन नेपाली …

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई …