SamwadKhabar logo

               

दुर्घटना

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

संवाद खबर

संवाद खबर

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घटना हुँदा  अन्य ७ सवारी एक आपसमा ठोक्किएका छन् । 

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा अन्य सवारीसाधनहरू एक आपसमा ठोक्किएका हुन् । करिब १२ बजेतिर बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको बोहराले जानकारी दिए । 

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने  ३२ वर्षीय राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका छन् ।

अनियन्त्रित भएको बस बाबा गोकर्णेश्वर यातायातको चालक भने फरार छन् । बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा), बा.प्र–०१–०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ), B AC ९७७३ नं को कार, (चालक वर्ष ५३ को त्रिरत्न प्रजापती, बा १६ च ४४५२ नं को कार चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल), प्र–२–०१–००३ प १००५ नं को मोटरसाइकल (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ वर्षीय शैलेन्द्र राई), बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ), बा.प्र–०२–०४६ प ४८१९ नं को स्कुटर (चालक भक्तपुर घर हुने १९ वर्षीय स्मिता ढुङगेल) नियन्त्रणमा रहेका छन् । 

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि

नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु

नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु

१६ जेठ, काठमाडौं । नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रवा…

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

गौशालामा बस अनियन्त्रित भई दुर्घटना

जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिका८ स्थित गौशालामा एक बस अनियन्त्रित भएर दुर्घ…

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

टेकुको ढलमा खसेका युवकको उद्धार

टेकुको ढलमा खसेका युवकको उद्धार

२५ फागुन, काठमाडौं । प्रहरीले काठमाडौंको टेकुको ढलमा खसेका एक युवकको उद्धार गरेको…