SamwadKhabar logo

समाचार

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

संवाद खबर

संवाद खबर

सेवा र विकासका लागि युवाद्वारा ककनीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

८ जेठ, काठमाडौं । सेवा र विकासका लागि युवाले ककनी गाउँपालिकाका ५ का विद्यार्थीलाई शैक्षिक सामग्री स्कुल ब्याग वितरण गरेको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका-५ वडा भरिका ५ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

सेवा र विकासका लागि युवाले बुधवार श्री काउले देवी ककनी ब्राइटर मा.वि., श्री विरेन्द्र प्राथमिक विद्यालय, श्रीसरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सामग्री वितरण कार्यक्रममा सेवा र विकासका लागि युवाले सञ्चालन गरेको शैक्षिक सामग्री वितरण अभियान समाजका आवश्यकतामा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर अध्ययनमा सहयोग पुर्‍याउने उदेश्यले वितरण गरिएको परिषद्का महासचिव दिनेश कार्कीले बताउनु भएको थियोे ।

साथै कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघका प्रचार प्रमुख डा।दीपक कुमार अधिकारीले समाजमा हुने खाने वर्गले हुँदा खाने समुहलाई साथ र सहयोग गरेर अगाडि बढनु पर्ने र सधैंव विदेशी दातृ संस्था र व्यक्तिको आशा र भरोसामा बस्नु नहुने कुरा बताउनु भएको थियोे । सोही अनुसार सेवा र युवाले यस्तो सकारात्मक सहयोगी अभियान सञ्चालन गरेको बताउनु भएको थियोे ।

जेष्ठ ७ गते बुधवार गरिएको वितरण कार्यक्रममा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख एवं नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारी, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्की, ककनी गाउँपालिका दुई नम्बर वडाका अध्यक्ष कृष्ण घिमिरे, वडा नम्बर पाँचका वडा अध्यक्ष बुद्व लामा, समाजसेवी एवम् व्यवसायी दावा लामा, विद्यार्थी परिषद् राष्ट्रिय मिडिया संयोजक एवं छात्र विचार पत्रिकाका सम्पादक कृष्ण हुमागाईं, हिमाल दृष्टि मासिकका सह-सम्पादक रविराज रिमाल, काउले देवी ककनी ब्राईटर माध्यमिक विद्यालयका प्राचार्य रामेश्वर अधिकारी लगायत त्यस गाउँकाका ५ वटै विद्यालयका प्राचार्य एवम् शिक्षक शिक्षिकाहरू, समाज सेवी युवा व्यवसायी र शिक्षकहरूको विशेष उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियोे ।

कार्यक्रममा महिला समूह र दिदीबहिनीहरूलाई हिन्दू स्वयंसेवक संघको ३ सयवटा उपयोगी झोला पनि वितरण गरिएको थियोे ।

ताजा

सबै

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी म…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

योग, सनातन संस्कृतिको एउटा अमूल्य उपहार

योग | सनातन संस्कृतिको एउटा अमूल्य उपहार | Yoga| A precious offering of Sanatan S…

लोकप्रिय

सबै

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय…

ग्वार्कोस्थित फ्लाइओभर ४ दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएक…

मगर समुदायको भूमे पर्व सुरु, ४ जिल्लामा सार्वजनिक बिदा

१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति न…

नेपालको पहिलो विद्यार्थी आन्दोलन : "जयतु संस्कृतम्" दिवस मनाइँदै

१ असार, काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् अभियान को सम्झनामा…

यो पनि