SamwadKhabar logo

               

समाज

काठमाडौं महानगरको सिप मेला सुरु

संवाद खबर

संवाद खबर

काठमाडौं महानगरको  सिप मेला सुरु

८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेला–२०८२ का कार्यक्रम सुरु गरेको छ । आजदेखि बागबजारमा रहेको काठमाडौँ मोडल कलेजमा सैद्धान्तिक कक्षाहरु सञ्चालन हुनेछन् ।

टुँडिखेलमा सुरु भएको मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा तालिमका लागि छनोट भएका १६ सय ४१ जना सहभागी उपस्थिति हुनुभएको थियो । अपरान्ह साढे ३ बजेदेखि थालिएको अनलाइन नाम दर्तामा १३ सय ७७ जना सोधपुछ र मेलाका विषयमा जानकारी लिन आउनुभएको थियो । उहाँहरु सबै अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभएको थियो । 

तालिममा सहभागी हुन इच्छुकहरुले ११ बजेदेखि टुँडिखेलमा गएर अनलाइन फाराम भर्न र तालिमका विषयमा थप जानकारी लिन सक्नुहुनेछ । 

महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गरेको हो । मेलाबाट २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । यसमा महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ । 

१ सय घण्टे तालिमका लागि २९ सय २५ जना सहभागीलाई छनोट गरिएको छ । आवेदन दिने सबैलाई तालिममा सहभागी गराउने महानगरपालिकाको तयारी छ । 

मेलाले युवाहरुमा अन्तरनिहित क्षमता प्रस्फुटन गराएर आफैँभित्र सम्भावना देखाउने लक्ष्य रहेको निर्देशक समितिका संयोजक एवं सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले बताउनुभयो । ‘परामर्श र तालिमबाट युवाहरुले आफ्नो क्षमता पहिचान गर्न सक्छन् । यसले व्यक्तिदेखि परिवार, समाज हुँदै राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान दिन्छ ।’ राजभण्डारीको भनाइ छ ।

सिप मेलाका सल्लाहकार रञ्जित आचार्यले भन्नुभयो, ‘हरेक समस्याभित्र उद्यमशील बन्ने सम्भावना रहन्छ । यसकारण सबै समस्या सम्भावनाका स्रोत पनि हुन् ।’ निर्देशक समितिका सदस्य सुदीप ढकालका अनुसार १ सय घण्टाको तालिममा सहभागी गराउन नसकिएका सबै आवेदकलाई व्यक्तिगत विवरण लेखन, अन्तर्वार्ता सिप विकासजस्ता १ दिनमै सिक्न सकिने तालिम उपलब्ध गराइनेछ । यो अवसर आवेदक सबैलाई हुनेछ । तालिम अवधिलाई ३ भागमा बाँडेर कक्षा चल्नेछ । ढकाल भन्नुहुन्छ, ‘पहिले करिअर काउन्सिलिङ्, दोस्रोमा प्रशिक्षार्थीका अपेक्षा र सम्भावना परामर्शको कक्षा चल्नेछ । तेस्रो भागमा तालिम हुनेछ ।’ 

मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्षको मेला थालिएको हो । यस वर्षका तालिममा २० प्रतिशत सैद्धान्तिक कक्षा र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन हुने झाको भनाइ छ । 

सूचना प्रविधिका क्षेत्रमा काम गर्न विदेश जानु नपर्ने, स्वदेशमा बसेर विदेशी कम्पनीमा काम गर्न सकिने बताउँदै प्रविधि उद्यमी कार्भिका थापा भन्नुहुन्छ, ‘युवाहरुलाई यो कुरा बुझाउन सकियो भने नेपालमै बसेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।’

बिबिसी मास्टर सेफ सन्तोष शाह भन्नुहुन्छ, ‘सिपले मलाई सेफ बनाएको हो । त्यही सिपले मेरो पहिचान दिएको हो । सिप भयो भने निश्चय सफल होइन्छ ।’ उहाँले महानगरपालिकाले उपलब्ध गराएको अवसरलाई उच्चतम उपयोग गर्न सकिने भएको बताउँदै प्रशिक्षार्थीहरुले म केही गर्छु भन्ने अठोटका साथ तालिम लिने अपेक्षा गर्नुभयो ।  

कलाकार तथा उत्प्रेरक वक्ता सन्दीप छेत्रीले आफूसँग भएको सिप र क्षमताको अरुसँग तुलना हुन नसक्ने बताउँदै आफूसँग भएको क्षमताको अधिक उपयोग गर्नुपर्ने सुझाव दिनुभयो । 

मेलाको पहिलो संस्करणमा व्युटिसियन तालिम लिएर सौन्दर्य पेशामा आवद्ध ४५ वर्षिया कमला न्यौपानेले भन्नुभयो, ‘हाम्रो समूहमा तालिम लिएका २० जनामध्ये ७ जना स्वरोजगार भएका छौँ । यहाँको तालिम पछि मैले विभिन्न कोर्ष गरेँ । यहाँ आउनुअघि म यसरी कुनै पेशा गरेर आयआर्जन गर्छु भन्ने सोचेकै थिइन ।’ उहाँले थप्दै भन्नुभयो, ‘यो ठाउँले धेरैलाई जीवनप्रति उत्साहित बनाउँछ । जसरी म भएँ ।’ 

तालिम संयोजक देवेन्द्र के.सी.का अनुसार मेलामा १० वटा क्षेत्रका ४२ वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन हुनेछन् । 

आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) पेशा छन् । 

विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चल्नेछन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम हुनेछन् । गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम हुनेछ । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । यस्तै स्टक मार्केट सम्बन्धी तालिम हुनेछ ।   

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

एनसेलले ल्यायो विद्यार्थीका लागि  ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेव…