SamwadKhabar logo

               

धर्म संस्कृति

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

संवाद खबर

संवाद खबर

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

२ असार, काठमाडौं । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।  राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यका अनुसार विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको हो । 

राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्षले भन्नुभयो, “विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला, संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं ।”

कार्यक्रममा  मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू–धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रकारको प्रस्तुति दिने आयोजकले बताएको छ । 

पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा पनि हुने जसमा केही विधान संशोधन हुनेछ । पहिलो दिन ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित वृहत्त थारू सांस्कृतिक कार्यक्रम हुने छ । कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामाग्रीहरूको प्रदर्शनी पनि राखिनेछन्।

राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेकाले अर्थ व्‍यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा टिकट खुला गरिएको छ । 

कार्यक्रमलाई भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई सहभागी हुन राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्षल अपिल गर्नुभयो । 

ताजा

सबै

काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब…

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

२७ असार, काठमाडौं । चितवनका २५ हजार ७ सय ३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका…

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महा…

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

लोकप्रिय

सबै

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

२३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्त…

रसुवामा आएको बाढीमा बेपत्ता १८ जनाको पहिचान सार्वजनिक

२४ असार, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलवार…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण …

यो पनि

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार, काठमाडौंं । गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज (बिहीवार) गुरुपूर्णिमा मन…

हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को अवसरमा तुलसी वितरण

हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को अवसरमा तुलसी वितरण

२२ असार, काठमाडौं । हरिशयनी एकादशी (तुलसी रोपण दिवस) को पावन अवसरमा विश्व हिन्दू …

हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) चतुर्मास व्रत आरम्भ, आज तुलसीको बिरुवा सारिँदै

हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) चतुर्मास व्रत आरम्भ, आज तुलसीको बिरुवा सारिँदै

२२ असार, काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा सार…