SamwadKhabar logo

               

वाग्मती प्रदेश

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

संवाद खबर

संवाद खबर

ललितपुर महानगरद्वारा १० उद्यमी महिला सम्मानित

३ असार, काठमाडौं । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका १० उद्यमी महिलालाई सम्मान गरेको छ । सोमवार महानगरले चौथो महिला उद्यमी सम्मेलनको अवसरमा महानगर उत्कृष्ट १० उद्यमी महिलालाई दोसल्लासहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

सम्मानित हुनेमा वडा नं.१३ स्थित आमाज क्रियसनकी सुरुची खड्का, वडा नंं.३स्थित कटन केयर होमकी हसना महर्जन, वडा–१९स्थित नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, वडा–२३ स्थित जरा सोसल भेन्चर प्रालिका हेमा श्रेष्ठ छन् । त्यसैगरी वडा–२२ स्थित रानीदेवी कृषि तथा पशुपालन फार्म प्रा।लिका नानी माया नेपाली, वडा–७ स्थित नेवाः नशाः घासाःकी दिलमाया महर्जन, वडा–११ स्थित निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, हरिसिद्धी वडा–२८ स्थित वःसकी दिपा कर्माचार्य , वडा–१९ स्थित बेष्ट टे«डसकी सुनिता बज्रचार्य, वडा–२ स्थित न्हू डिजाइन्सकी रश्मि तण्डुकार सम्मानित भएका छन् । 

सम्मेलनमा उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाललाई समृद्ध मुलुक बनाउनका लागि उद्योगमा लगानी गर्नुपर्ने बताउँदै रोजगारी, उत्पादन र बजारिकरण देश र पालिकाको प्रगतिको सूचक भएको बताउनुभयो । मन्त्री भण्डारीले सभ्यतासँग जोडिएको उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने बताउँदै हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने प्रष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग र उद्यमीसँग सम्बन्धित ३१ वटा बुँदाहरु समेटिएको पनि जानकारी दिनुभयो । 

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महिला उद्यमीलाई प्रेरित गर्न बिउ पूँजीको व्यवस्था गरेको बताउँदै भन्नुभयो भने, “हामी ललितपुरको उत्पादनलाई विश्वभर चिनाउन चाहन्छौ, त्यसको लागि दत्तचित्त भएर काम गर्नुस ।”

जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयालले उद्यमी महिललाई सम्मान गर्न कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदैं यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो ।

ललितपुर महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमी महिलालाई हौसला र प्रेरणा दिन सम्मेलन आयोजना गरेको जानकारी दिँदै खस्कदै गएको अर्थतन्त्रलाई उकास्न उद्यम र उद्यमीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।  उद्यमी बन्नु चुनौतिपूर्ण र पृथक काम भएको बताउँदै त्यो आँट गर्नु सबैभन्दा ठूलो र गर्व गर्न लायक कदम भएको जिकिर गर्नुभयो । उपप्रमुखका अनुसार महानगरले महिला उद्यमीले उत्पादन गरेको उत्पादनको सूचीकरण गर्ने तयारी गरिरहेको छ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…

यो पनि

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

काठमाडौं–१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं–१ मा समानुपातिक तर्फको मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौं१ मा समानुपातिकतर्फको मतग…

मकवानपुर-२ मा पनि मतगणना सुरु

मकवानपुर-२ मा पनि मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा मतगणना सुरु भएको छ। …

काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

२२ फागुन, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा…