SamwadKhabar logo

               

विचार

किन महत्त्वपूर्ण छ योग ?

संवाद खबर

संवाद खबर

किन महत्त्वपूर्ण छ योग ?

✍🏻योगाचार्य विवेक अग्रोही

योगको उपयोगिता सार्वकालिक, सार्वभौमिक एवं सार्वजनीन छ । मानव जीवनका समस्त पक्षलाई यसले स्पर्श गरेको छ । योग साधक बनेर हामीले आफू स्वयंलाई रूपान्तरित गर्न सक्छौँ । योगले शुद्ध, बुद्ध र मुक्त बनाई हामीलाई देवमानव तथा महामानव बन्न महनीय सहयोग गर्दछ। यो साधनापद्धति हो। विश्व कल्याणका निम्ति वैदिक सभ्यताको अनमोल देन हो योग। योगमय जीवन आफैमा साधनामय जीवन हो ।

हामी मानव वस्तुतः लाभको लोभी छौं । जहाँ लाभ छ त्यही महत्त्व छ भन्ने हाम्रो धारणा बनेको छ । यसै कारण, योगबाट अनेक लाभ छन् भनेर नै योगलाई जीवनमा हामीले स्थान दिएका छौं । कतिपय लाभ शारीरिक छन् भने कति चाहिँ मानसिक र बौद्धिक छन् । र, आजको सन्दर्भमा यी दुई प्रकृतिका लाभमै हामी मनुष्य केन्द्रीत छौं। आध्यात्मिक लाभप्रति हामीमा त्यति धेरै चासो रहेको पाइँदैन । पाइन्छ, तर बिरलै । आउनुहोस् चर्चा गरौं योगबाट हुने लाभहरूबारे । योगबाट हुने केही लाभहरू–

● मांसपेशीको लचिलोपनमा सुधार आउँछ,

● शरीर, मुद्रा र स्थितिलाई सच्याउनमा मद्दत गर्दछ,

● पाचन प्रणालीमा सुधार गर्दछ,

● भित्री अङ्गहरूलाई बलियो बनाउँछ,

● दम जस्ता श्वास–प्रश्वास सम्बन्धी रोगहरूको उपचार गर्दछ,

● मधुमेहको उपचारमा सहयोगी भूमिका प्रदान गर्दछ,

● मुटु सम्बन्धी समस्याको उपचारमा सहयोग गर्दछ, त्वचामा दिप्ती ल्याउँछ,

● शारीरिक शक्ति र सहनशक्ति बढाउँछ,

● मानसिक एकाग्रतामा सुधार आउँछ,

● मस्तिष्क र विचार प्रणालीलाई नियन्त्रण गर्नमा सहयोगी हुन्छ,

● चिन्ता, तनाव र अवसादलाई हटाउन एवं मनलाई शान्त राख्न सहायक हुन्छ,

● रक्त परिसञ्चरण र मांसपेशिहरूको विश्राममा मद्दत गर्दछ, मोटा, अधिक वजन भएका व्यक्तिलाई तौल घटाउनमा सहयोग गर्दछ,


हाम्रा महर्षिहरूले मानव जातिको समग्र उन्नतिको लागि हजारौं वर्षको कठिन परिश्रमद्वारा अन्वेषण एवं प्रयोगद्वारा योग विज्ञानको आविष्कार गरेका हुन् । रोग निवारणमा योग क्रिया अचूक छ । सबै उमेरका मानिसले (बालबालिकाले चाहिँ नौ वर्षपछि मात्र) योगबाट लाभ प्राप्त गर्न सकिन्छ । काया निर्मल र दिव्य बन्छ । यसको महिमा अवर्णनीय छ ।


योगले निरोगी रहन त सहयोग गर्छ नै, साथै कुनै पनि प्रकारको रोग भएमा योगले हामीलाई प्राकृतिक पद्धतिबाट उपचार गर्नमा सहयोग गर्दछ । यसरी अनावश्यक विषालु रसायनबाट हामी सुरक्षित रहन सक्छौं । योगका केही उपादेयताबारे यहाँ संक्षेपमा चर्चा गरौँ–

१. योगबाट शारीरिक एवं मानसिक क्षमताको विकास

यदि कुनै प्रकारको मानसिक रोग छ भने नियमिति योग गर्नाले यो हराउनेछ। चिन्ता, अत्यास, अवशाद, शोक, संदिग्ध प्रवृत्ति, नकारात्मकता, मानसिक द्वन्द्व वा भ्रम आदि सबैका लागि योग लाभकारी छ । केवल स्वस्थ मस्तिष्कले सुखी जीवन र उज्जवल भविष्य निर्माण गर्न सकिन्छ । जब योगले शरीरको ऊर्जा जगाउँदछ, हाम्रो मस्तिष्कको भित्री भागमा लुकेका रहस्यमय शक्तिहरू जागृत हुन्छन् । जीवनमा सफलताको लागि शारीरिक शक्ति, सकारात्मक ऊर्जा मस्तिष्कको प्रचण्ड शक्तिको आवश्यकता पर्दछ । यसलाई जति सहजताका साथ योगबाट प्राप्त गर्न सकिन्छ त्यति अन्य कुनै व्यायामद्वारा सकिँदैन ।

२. कार्यक्षमता बढाउँछ

निरन्तर योग गर्ने व्यक्तिमा शारीरिक स्फूर्ति, मानसिक सकारात्मकता आदिमा विकास हुनाले व्यक्तिको कार्यक्षमता पनि बढ्छ । यसरी त ऊ जति सक्दो चाँडो हुनसक्छ, आफ्नो जीवनको लक्ष्यहरू पूरा गर्नमा केन्द्रित हुनेछ । मानौं, हाम्रो आयु ७०–७५ वर्षको छ भने सम्भवतः हाम्रो जीवनका २०–२५ वर्ष मात्र सक्रियतायुक्त वर्षहरू हुनसक्छन् । ती सक्रियतायुक्त वर्षहरूमा पनि यदि हामी हाम्रो स्वास्थ्य र जीवनको स्थिरताका बारेमा चिन्तित भइरहनु पर्यो भने हामी गर्नुपर्ने कामका लागि हामीसँग पर्याप्त समय नै कहाँ रहन्छ र ? जबकि केवल कर्म मात्रले जीवनमा धन, सुख र सफलता प्रदान गर्दछ ।

 ३. व्यक्तिको व्यक्तित्व परिवर्तन

नियमित योग गर्ने कुनै पनि व्यक्तिको व्यक्तित्व र चरित्रमा परिवर्तन आउँछ । उसले नकारात्मकता र नराम्रो बानीहरू भित्रैबाट त्यागिदिन्छ । मानिस दुई प्रकारका हुन्छन्– अन्तर्मुखी र बहिर्मुखी । तर योग–साधकले यी दुबै बीचमा सन्तुलन स्थापना गर्न सिक्छ । योग साधकको व्यक्तित्व अरुभन्दा भिन्न हुन्छ। भीडमा पनि उसको भिन्न चिनारी हुनेगर्दछ । ऊ नितान्त फरक देखिन्छ ।

४. सम्यक निद्रा

प्राणायामको माध्यमबाट प्राणवायु शरीरको प्रत्येक अणुमा पुग्दछ जसले गर्दा शरीरका लागि अनावश्यक हानिकारक बिजातीय पदार्थहरू नष्ट हुन्छन् । विषाक्त पदार्थ बाहिर निकालिन्छ जसले व्यक्तिले कर्म गर्दा सक्रियताको अनुभूति गर्दछ भने निद्रा पनि सुखद् हुने गर्दछ । त्यो निद्रा सम्यक हुने गर्दछ, अर्थात् समयमा लाग्ने र निश्चित् समयमै पूर्ण भएर शरीरलाई विश्राम दिने हुन्छ । प्राणायाम र ध्यान गर्ने व्यक्तिको निद्रा सम्यक र समुचित हुनाले उक्त व्यक्ति अन्य साधारण व्यक्तिहरूभन्दा बढी सक्रिय र शक्तिशाली हुन्छ ।

५. अस्वस्थ आनी–बानीबाट मुक्ति

आत्मनियन्त्रण, आत्म–अनुशासन दुबै योग साधनाका उपलब्ध हुने गर्दछन् । आत्मनियन्त्रणका आधारमा निरन्तर योग गर्ने व्यक्तिले सबै प्रकारको बानीबाट मुक्ति पाउँछन् । धेरै मानिसलाई ढिलो उठ्ने र ढिलो सुत्ने बानी हुन्छ । यस्तै, कतिपयको अनियमित खाने र अनियमित रूपमै

अस्वस्थ आनी–बानीबाट मुक्ति शौचालय जाने बानी पनि छ । कहाँ कति र के बोल्ने यसमा पनि मानिसले नियन्त्रण गर्न सकिरहेका हुँदैनन् । धेरै सोच्ने, धेरै बेरसम्म केहि सुन्ने बानी पनि हुन्छ । योगको अभ्यासबाट व्यक्तिले यी र यस्ता अनेकौँ बानीबाट मुक्ति पाई जीवनलाई सुन्दर र अनुशासित बनाउन सक्छन् । अँ, कतिपय सुन्दर र उपयोगी बानी पनि हुन्छन् । ती व्यक्तित्वका शोभा हुने गर्दछन् । त्यस्ता बानीको विकास हुन आवश्यक छ र तिनलाई योगको भाषामा ’यम–नियम’लाई आचरणमा ल्याउनु भनिन्छ

अष्टाङ्ग योगको अभ्यासले धर्म, आस्तिकता एवं स्वास्थ्य आपसमा सामञ्जस्य एवं समावेश–समन्वय स्वतस्फूर्त रूपमा हुनपुग्दछ । यसको आचरण नै रोगबाट बच्नु र रोग लागेमा त्यसबाट स्वयं मुक्त होइने सहज सरल उपाय हो। शारीरिक, मानसिक, धार्मिक, आध्यात्मिक उद्देश्य प्राप्तिको लागि हामीले यौगिक क्रिया कम्तीमा आधा घण्टा गर्नु आवश्यक छ । योग अभ्यास आनन्दमय जीवन बाँच्ने महत्त्वपूर्ण कला हो ।

हाम्रा महर्षिहरूले मानव जातिको समग्र उन्नतिको लागि हजारौं वर्षको कठिन परिश्रमद्वारा अन्वेषण एवं प्रयोगद्वारा योग विज्ञानको आविष्कार गरेका हुन् । रोग निवारणमा योग क्रिया अचूक छ । सबै उमेरका मानिसले (बालबालिकाले चाहिँ नौ वर्षपछि मात्र) योगबाट लाभ प्राप्त गर्न सकिन्छ । काया निर्मल र दिव्य बन्छ । यसको महिमा अवर्णनीय छ । यसैकारण आज विश्व नै योगप्रति आकर्षित भइरहेको छ । - हिमालदृष्टि २०७८ भाद्र (मासिक पत्रिका)

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

अयोध्याको आर्थिक पुनर्जागरणः श्रीराम मन्दिर निर्माणपछि फेरिएको तस्बिर

अयोध्याको आर्थिक पुनर्जागरणः श्रीराम मन्दिर निर्माणपछि फेरिएको तस्बिर

✍️ प्रल्हाद रेग्मी यो परिवर्तनको समय हो । अहिले धार्मिक पर्यटनले गर्दा अर्थतन्त्रमा ऐतिहा…

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध पक्राउ पूर्जी, देउवा दम्पती गिरफ्तारीका लागि तयार होलान त ?

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध पक्राउ पूर्जी, देउवा दम्पती गिरफ्तारीका लागि तयार होलान त ?

✍️ मोहन श्रेष्ठ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध पक्राउ पूर्जी, देउवा दम्पती गि…