SamwadKhabar logo

               

धर्म संस्कृति

१९ औँ विश्व संस्कृत सम्मेलन (२०२५) भव्यताका साथ शुरु

संवाद खबर

संवाद खबर

१९ औँ विश्व संस्कृत सम्मेलन (२०२५) भव्यताका साथ शुरु

काठमाडौं, २०८२ असार १३ गते (शुक्रवार) | १९ औँ विश्व संस्कृत सम्मेलन (२०२५) बिहीवारदेखि काठमाडौंमा भव्यताका साथ सुरु भएको छ।

सम्मेलनको उद्घाटन समारोह हिजो, असार १२ गते (बिहीवार) नेपाल एकेडेमी हल, कमलादीमा सम्पन्न भएको थियो।

सम्मेलनको उद्घाटन गर्दै नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृतलाई नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभयो । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामा गहिरो प्रभाव पर्दै आएकोमा अब यसले सीमा छिचोलेर विश्वव्यापी बन्न पुगेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कम्प्युटर र एआईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ। आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ।”

उद्घाटन समारोहमा वक्ताहरूले संस्कृतको पुनरुत्थान, यसको विश्वव्यापी भूमिका र मानव जीवनमा यसको अपरिहार्यतामा जोड दिएका छन्। उद्घाटन सत्रका प्रमुख वक्ता, केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका माननीय कुलपति आचार्य श्रीनिवास वरखेडी आचार्य वरखेडीले संस्कृतलाई बहु–अनुशासनात्मक विद्याको रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विज्ञान, प्रविधि, कला र अन्य क्षेत्रमा संस्कृतको उपयोगितालाई प्रकाश पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो। आचार्य वरखेडीले संस्कृतलाई भूत, वर्तमान र भविष्य जोड्ने पुलका रूपमा चित्रण गर्दै यसको अत्यन्त विशाल ज्ञान परम्परालाई विभिन्न आधुनिक विधा र कृत्रिम बुद्धिमत्ता (ए.आई) सँग जोड्ने आवश्यकतामा जोड दिनुभयो। उहाँका अनुसार सुरुमा ५ वटा शाखामा विभाजित यो सम्मेलन अहिले २८ वटा शाखामा विस्तृत भएको छ। यसमा हजारभन्दा बढी शोधपत्र प्रस्तुत गरिनेछन्, जसले विभिन्न विचारहरूका संगमको रूपमा काम गर्नेछन्।

उद्घाटन समारोहमा श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजी महाराजको प्रवचन समेत रहेको थियो। स्वामीजीले संस्कृतलाई “सर्वेषां भाषाणां जननी जीव प्रदाच“ (सबै भाषाहरूकी जननी र जीवन दिने) भनेर वर्णन गर्नुभयो। यसले अन्य भाषाहरूको विकासमा संस्कृतको आधारभूत भूमिकालाई जोड दिन्छ। संस्कृतलाई “मृत भाषा“ भनेर चित्रण गर्ने प्रयासहरूलाई खण्डन गर्दै स्वामीजीले भन्नुभयो, “यद्यपि धेरै अनादर गर्ने मानिसहरू यस संस्कृत भाषालाई मृत भाषा भनी चित्रण गर्न र अर्थहीन कल्पनाहरू गरेर यसलाई तिरस्कार गर्न प्रयास गर्छन्, तथापि मानिसहरू विवाह, देव आराधना आदि कार्यमा संस्कृत भाषाको प्रयोगविना सन्तुष्ट हुँदैनन्। यसले संस्कृत अझै पनि जनजीवनमा जीवित रहेको देखाउँछ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, इन्टरनेसनल एसोसिएसन अफ संस्कृत स्टडीजका अध्यक्ष प्रा. दीप्ति शर्मा त्रिपाठी लगायतले मन्तव्य राख्नुभएको थियो । आज, असार १३ गते (शुक्रवार) देखि सम्मेलनका मुख्य सत्रहरू ललितपुरको जावलाखेलस्थित डी.ए.भी. सुशील केडिया विश्व भारती स्कुलमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेका छन्। यी सत्रहरू असार १५ गते (आइतवार) सम्म चल्नेछन्।

सम्मेलनको समापन समारोह असार १६ गते (सोमवार) नेपाल एकेडेमी हल, कमलादीमै हुनेछ। यस सम्मेलनले संस्कृत भाषा र यसको विशाल ज्ञान परम्पराको अध्ययन, अनुसन्धान र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

धनुषाधाममा एक महिने मकर मेला सुरू

धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष…

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीम…