SamwadKhabar logo

               

तीर्थ परिचय

दाङको चौघरा मन्दिर अर्थात् गोरक्ष रत्ननाथ (फोटो फिचर)

संवाद खबर

संवाद खबर

दाङको चौघरा मन्दिर  अर्थात् गोरक्ष रत्ननाथ (फोटो फिचर)

१९ असार, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१७ चौघरामा अवस्थित गोरक्ष रत्ननाथ मन्दिर (चौघरा मन्दिर) भक्तजनका लागि मुख्य तीर्थस्थल बन्दै गएको छ । पछिल्लो समय यो मन्दिर सबैको आस्थाको केन्द्र बनेको छ ।

मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ ।

यहाँ विशेष गरी महाशिवरात्रि, तिज, र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । त्यसबेला स्थानीय तथा अन्य ठाउँबाट पनि हजारौं श्रद्धालुहरू मन्दिर दर्शन र पूजा गर्न आउने गर्छन् ।

किंवदन्ती र जनश्रुति

स्थानीय बुढापाकाहरूको भनाइ अनुसार, यो मन्दिर स्थलमा पहिले प्राकृतिक रूपमा शिवलिङ्ग भेटिएको थियो । त्यसपछि स्थानीयले त्यहाँ शिव मन्दिर निर्माण गरी पूजा गर्न थालिएको हो ।

दाङ क्षेत्रमा आबादी (वा अवादी) राजा थिए । उनका छोरा रत्न परीक्षक पनि राजा भए । उनी एकदिन सिकार खेल्न जंगल पसेका बेला गोरखनाथको दर्शन गरे । गोरखनाथको दर्शन भएपछि उनले सांसारिक मोह त्यागे र योगमार्ग समाते । पछि उनी नै सिद्धरत्ननाथ बनेको जनविश्वास छ । त्यसपछि जहाँ गोरखनाथको दर्शन त्यही क्षेत्रमा मठ र मन्दिर स्थापना गरिएको हो भन्ने भनाइ पनि पाइन्छ । यसरी चौघरा क्षेत्रमा शिवसँगै नाथ परम्पराको पनि प्रभाव देखिन्छ ।

त्यही भएर यहाँ गोरखनाथ, सिद्धनाथ, र शिव तीनैको पूजा हुन्छ भन्ने पनि स्थानीय विश्वास छ ।

 

शिखर शैलीको सिद्धरत्ननाथ मठ ६० फिट अग्लो र करिब २५८ गुणा २५ फिट वर्गाकारमा रहेको छ । यही मठमा ४ वटा पत्थरका सिंह मूर्ति चार कुनामा रहेका छन् । यस मन्दिरको गजुर सुनको रहेको छ ।

यस मठमा गोरखनाथको १.५ फिट अग्लो सिंहासनमा बसेको मूर्ति, मच्छिन्द्रनाथको कालो प्रस्तरको १.५ फिट अग्लो उभिएको ४ बाहु भएको हातमा कमल लिएको निकै नै आकर्षक मूर्ति, सिद्धरत्ननाथको कालो प्रस्तरको १.५ फिट अग्लो सिद्ध आसनमा हातमा अमृत पान लिएको मूर्ति, आदिनाथको कालो प्रस्तरको ३ फिट अग्लो ४ बाहु भएको सिद्धरत्ननाथमा बसेको मूर्ति समेत गरी चार मूर्ति प्रमुख रहेका छन् ।

त्यस्तै भैरवको मूर्ति मन्दिरको चौथो कोठामा बालासुन्दरीदेवीको शस्त्रअस्त्र लिएको मूर्ति समेत रहेको छ । मठ सञ्चालनको लागि गुठी रहेको छ । साधुहरूको भोजन, पूजा आदि हुने गर्दछ । साथै अतिथि भवन र छात्रावास समेत छ । यस मठका मठाधिशले १ वर्षसम्म कम्पाउन्ड बाहिर जान नपाउने परम्परा रहिआएको छ । यस मन्दिरमा तान्त्रिकविधीले पूजा, अर्चना गरिन्छ ।

पहिले भैरव र भगवतीलाई पशु बलि दिने चलन भए पनि अहिले कुभिन्डो, मुला आदीको बलि दिइन्छ । फागुन महिनाको विजया एकादशीमा यहाँ भव्य मेला लाग्ने गर्दछ । हिन्दु, मुसलमान समान रूपमा यस मेलामा भाग लिने गर्दछन् । मुसलमानहरू हाजी रत्ननाथ बाबा भनी श्रद्धा पूर्वक दर्शन गर्दछन् र मेलामा साथ दिन्छन् ।

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

श्रीस्वास्थानी र शाली नदी

श्रीस्वास्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्…

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका१३…

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

७ असोज, काठमाडौं ।काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध …

बडिमालिकाको तीर्थयात्रा सुरु

बडिमालिकाको तीर्थयात्रा सुरु

१९ साउन, काठमाडौं । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्र…