६ साउन, काठमाडौं । नेपाली इस्पोर्टस् टोली होर इस्पोर्टस्ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाइल इस्पोर्टस् विश्वकप खेल्ने भएको छ ।
होर इस्पोर्टस्को पब्जी टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामाले प्रतिस्पर्धा गर्नेछन् ।यस्तै, टोलीको व्यवस्थापकमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन्।
२५ देखि २३ जुलाईसम्म सञ्चालन हुने प्रतियोगितामा होर इस्पोर्टस् एक्लो टोलीका रूपमा छनोट भएको हो ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर ई-स्पोर्ट्स विश्वकपमा छनोट भएको थियो। झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ।
ई-स्पोर्ट्स संघ नेपाल (ईशान)ले विश्वकप खेल्ने नेपाली टिम होर ई-स्पोर्ट्सको सोमवार विदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष अन्जन धमलाले खेलाडी तथा अफिसियलको बिदाई गरेका थिए । सदस्य सचिव घिसिङले ई-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको भन्दै विदेशी भूमिमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।