SamwadKhabar logo

               

धर्म संस्कृति

आज बिहानदेखि चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

संवाद खबर

संवाद खबर

आज बिहानदेखि चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

१३ साउन,  काठमाडौं । चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सो मन्दिरमा आज साउन शुक्ल नागपञ्चमीको सुअवसरमा मेला भर्ने भक्तजनको घुइँचो लागेको हो ।

चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घर-घरमा नाग टाँस्ने प्रचलन छ । बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ । 

मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि भीड छ । शङ्ख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पुजारी आभास राजोपाध्यायले जानकारी दिनुभयो । शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा छ ।

 चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताउनुभयो । उहाँले मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नागपञ्चमी नाग देवतासँग सम्बन्धित छ । आज दिनभर दर्शनार्थीको भीड लाग्ने गर्छ ।” - रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

६ वैशाख, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेव…

परशुराम जयन्ती

परशुराम जयन्ती

पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम ज…