SamwadKhabar logo

समाचार

गुन्डागर्दीको आरोपमा ‘चक्रे मिलन’ सहित ४७ जना पक्राउ

संवाद खबर

संवाद खबर

गुन्डागर्दीको आरोपमा ‘चक्रे मिलन’ सहित ४७ जना पक्राउ

१६ साउन, काठमाडौं । राजधानीको ठमेल र महाराजगञ्ज क्षेत्रका विभिन्न स्थानमा बिहीवार राति प्रहरीले व्यापक अप्रेसन सञ्चालन गर्दा ठूलो संख्यामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु ‘चक्रे मिलन’ (मिलन गुरुङ) सहित ४७ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार ‘चक्रे मिलन’ (मिलन गुरुङ) को जन्मदिनको पार्टीमा विभिन्न अपराधमा संलग्न समूहका व्यक्तिहरु भेला भएको सूचना पाएपछि रातभरि निगरानी गर्दै विशेष अप्रेसन चलाउँदा गुण्डागर्दीमा संलग्न ‘चक्रे मिलन’ सहित ४७ जना पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार  महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको एउटा गाडीबाट २ थान खुकुरी बरामद हुनुको साथै केही थान रडहरु पनि बरामद भएको छ । उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरुले बताएको प्रहरीको भनाइ छ । 

चक्रे मिलन २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई पनि बुधवार राति प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेकामध्ये कतिपयलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

लोकप्रिय

सबै

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

माघ २२, काठमाडौं । अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता हुने भएको छ । ओमानमा व…

यो पनि

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

२५ माघ, काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने…