SamwadKhabar logo

               

कला / साहित्य

भोलिबाट नेपाल कला तथा संस्कृति महोत्सव सुरु

संवाद खबर

संवाद खबर

भोलिबाट नेपाल कला तथा संस्कृति महोत्सव सुरु

१९ भाद्र, काठमाडौं । नेपाल कला तथा संस्कृति महोत्सव भोलि शुक्रवारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा  अगामी असोज १० गतेसम्म महोत्सव सञ्चालन गर्ने भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ । 

परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश छन् । 

महोत्सवले नेपालमा मात्रै नभई विदेशमा समेत ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्य राखेको छ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरू हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ/संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत-नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । 

इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित

६ वैशाख, काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित …

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै २९ वर्षीय सुजन बाग श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मना…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

यो पनि

वरिष्ठ गायिका आशा भोसलेको निधन

वरिष्ठ गायिका आशा भोसलेको निधन

२९ चैत्र, काठमाडौं । भारतीय संगीतकी वरिष्ठ गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निध…

बागमती प्रादेशिक ललितकला प्रदर्शनी सुरु

बागमती प्रादेशिक ललितकला प्रदर्शनी सुरु

८ फागुन, काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बागमती प्रादेशिक ललि…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति र गरगहना चोरी

२० पौष, काठमाडौं । मोरङको रंगेली नगरपालिका७ मा अवस्थित धार्मिक महत्त्वको संसारीमाई …