SamwadKhabar logo

               

स्वास्थ्य

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने

संवाद खबर

संवाद खबर

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने

भाद्र २०, काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले ८ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् । 

स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागु गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । यो सुविधा १ कात्तिकदेखि बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बीमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्छ ।”

यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने छ ।

एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो । संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।

मन्त्रीस्तरीय निर्णयले विपन्न सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बीमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

लोकप्रिय

सबै

जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप

नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक …

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

ललितपुर–२ मा रास्वपाका जगदिश खरेल विजयी

२४ फागुन, काठमाडौं । ललितपुर२ मा रास्वपाका जगदिश खरेल निर्वाचित हुनुभएको छ । अन्तर…

यो पनि

सर्वाङ्गासन र यसको लाभ

सर्वाङ्गासन र यसको लाभ

सर्वाङ्गासन सर्वाङ्गासन अत्यन्त महत्वपूर्ण आसन हो । महत्वको दृष्टिले शिर्षासनपछि सर्वाङ्गासन…

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा विस्तार

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा विस्तार

२२ माघ, काठमाडौं । पश्चिम नेपालका विपन्न र गरिब बिरामीको आशा र भरोसाको केन्द्र नेपा…

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

२१ माघ, काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्र…

निपाहा भाइरसको सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

निपाहा भाइरसको सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

१९ माघ, काठमाडौं । भारत तथा बङ्गलादेशमा निपाह भाइरस देखिएपछि नेपालमा फैलन सक्ने स…