SamwadKhabar logo

               

खेलकूद

एन्फाको निर्णयविरुद्ध खेलाडीले गेटमै झुन्ड्याए मेडल

संवाद खबर

संवाद खबर

एन्फाको निर्णयविरुद्ध खेलाडीले गेटमै झुन्ड्याए मेडल

२० कार्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् ।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर प्रदर्शन गरेका हुन् ।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, "अब यो मेडल एन्फाले आफैँ आएर लाओस् । हामीले यही छाडेर जान्छौँ ।"

पटक–पटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनुपरेको खेलाडीको भनाइ छ ।

 प्रदर्शनमा ‘एन्फा फुटबल एशोसिएशन की कन्सलटेन्सी’, ‘विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?’, ‘नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम’, ‘घरेलु लिग चलाउः फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फाः दिक्क लाग्दो नेपाली फुटबल’, ‘फुटबल क्यालेण्डरमा होइन, ग्राउण्डमा चाहियो’ लगायतका नारासहितका प्लेकार्ड छन् । 

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

नेपाल थाइल्यान्डसँग आठ विकेटले  पराजित

नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित

४ माघ, काठमाडौं ।आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्…

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड भरसेज नेपाल

माघ ४, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ…

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विजेता भारत, उपविजेता नेपाल

१६ पौष, काठमाडौं । साविक विजेता नेपाललाई पछि पार्दै भारतले १७औँ अन्तर्राष्ट्रिय खुला…

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका राजन रोकायलाई

१४ पौष, काठमाडौं । गोरखामा आयोजित म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली…