SamwadKhabar logo

               

धर्म संस्कृति

आज मोक्षदा एकादशी एवं  गीता जयन्ती

संवाद खबर

संवाद खबर

आज मोक्षदा एकादशी एवं  गीता जयन्ती

१५ मंसिर, काठमाडौं । मार्गशीर्ष शुक्ल एकादशीको पावन दिन मोक्षदा एकादशीसँगै विश्वभरि गीता जयन्ती श्रद्धा, भक्ति र उत्साहपूर्वक मनाइन्छ । 

महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा कर्तव्यबाट विचलित भएका अर्जुनलाई भगवान् श्रीकृष्णले आजकै दिन गीताको दिव्य उपदेश दिनुभएको थियो । 

भगवद्गीता हिन्दू धर्मको सर्वाधिक लोकप्रिय ग्रन्थ हो । श्रीमद्भागवतलाई ज्ञान, भक्ति र तत्त्वचिन्तनको अद्वितीय स्वरूपका रूपमा अवलोकन गरिन्छ । वर्तमान समयमा भगवद्गीता मानव जीवनको प्रेरणास्रोत बनेको छ । अर्जुनलाई माध्यम बनाई भगवान् श्रीकृष्णले कर्मयोग, भक्तियोग, ज्ञानयोग तथा स्वधर्म आचरणका सिद्धान्त स्थापित गर्नुभएको गीता जीवन–निर्देशक दर्शनका रूपमा रहेको छ। यहाँ उल्लेखित सिद्धान्त सर्वकालीन, सार्वजनीन् एवं सार्वभौम छन्, जुन मानवको कल्याणका लागि अपरिहार्य छन् । 

गीता जयन्तीका अवसरमा आज विश्व हिन्दु महासंघलगायत विभिन्न धार्मिक संस्थाले कार्यक्रम आयोजना गर्दै छन्। गीता प्रादुर्भावको स्मरणार्थ देश–विदेशमा पाठपारायण, प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम गरी आजको दिन उल्लासपूर्वक मनाइँदै छ।


 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

आज सोनाम ल्होसार, हर्षोल्लासपूर्वक मनाइँदै

५ माघ, काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम…

धनुषाधाममा एक महिने मकर मेला सुरू

धनुषाधाममा एक महिने मकर मेला सुरू

४ माघ, काठमाडौं । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । प्रत्येक वर्ष…

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

माधवनारायणका व्रतालुहरूद्वारा पशुपतिस्थित बागमती नदीमा स्नान तथा नित्य पूजा

४ माघ, काठमाडौं । माधवनारायणका व्रतालुहरूले आइतवार बिहानै पशुपतिस्थित बागमती नदीम…