SamwadKhabar logo

               

विश्व

लुम्बिनीमा तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

संवाद खबर

संवाद खबर

लुम्बिनीमा तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

१६ मंसिर, काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्रो  ‘विश्व शान्ति कार्यक्रम’ हुने भएको छ । 

कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार  विश्व शान्ति कार्यक्रमले आयोजना गर्न लागेको तेस्रो संस्मरणको  ‘विश्व शान्ति कार्यक्रम’ मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू आउने भएका छन् । 

भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्ति कार्यक्रममा सहभागी हुँदै छन्।

कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने बताउँदै नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएको व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको र लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहने मिडिया संयोजक खतिवडाले जानकारी दिनुभयो । 

कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माणका विषयमा पनि छलफल हुनेछ । 

स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका, लागि जस्ता विषयमाथि छलफल तथा बहस हुने कार्यक्रम संयोजक शेखर गौतमले बताउनुभयो । 

कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि हुनेछन्।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु

२९ पौष, काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्…

ट्रम्पले सार्वजनिक गरे एक तस्बिर ; भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’

ट्रम्पले सार्वजनिक गरे एक तस्बिर ; भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’

२८ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक रा…

सन् २०२५ मा तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

सन् २०२५ मा तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

१८ पौष, काठमाडौं ।सन् २०२५ दुई लाख ९९ हजार आठ सय ३१ जना विदेशी पर्यटकले अन्नपूर्ण क्…

पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु

पर्यटक व्यवस्थापनका लागि ‘अनलाइन ट्रयाकिङ्’ प्रणाली सुरु

१७ पौष, काठमाडौं । सरकारले आज १ जनवरी २०२६ को अवसरमा विदेशी नागरिक व्यवस्थापनको ल…