SamwadKhabar logo

               

समाज

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

संवाद खबर

संवाद खबर

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

२३ मंसिर, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण मंगलवार लुम्बिनीमा सम्पन्न भएको छ । 

बौद्ध धर्ममा केन्द्रित यस महोत्सवमार्फत दुवै देशका सांस्कृतिक धरोहर, परम्परा र साझा ऐतिहासिक सम्बन्धको उत्सव मनाइएको आयोजकले जनाएको छ ।  

बौद्ध दर्शन र सांस्कृतिक सम्पदामा केन्द्रित यस महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर( श्री मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गर्नुभयो । 

कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षु तथा लुम्बिनी विकास कोषका प्रतिनिधिसहितको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवमा भारत र नेपालका प्रसिद्ध कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण बने। भारतबाट आएको  ६ सदस्यीय आईसीसीआर समूहले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरिएको थियो। सांझमा नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत संगीत प्रस्तुत गर्दै वातावरणलाई झनै जीवन्त बनाएको थियो । 

यसैअवसरमा बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः ए कमन लिगेसी’ शीर्षकको शैक्षिक गोष्ठी पनि आयोजना गरिएको थियो । गोष्ठीमा दुवै देशका प्रतिष्ठित बौद्ध विद्वानहरूले बौद्ध सम्पदाले भारत–नेपाल सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाबारे विचार विमर्श गर्दै जनता–जनताबीचको सम्बन्ध प्रगाढ बनाउन यसको महत्त्वमाथि जोड दिएका थिए ।

महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

स्वास्थ्यमा जाइफलको महत्व

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…