SamwadKhabar logo

               

शिक्षा

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

संवाद खबर

संवाद खबर

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। 

काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई बुधवार सम्बोधन गर्नुहुँदै उपकुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो।

उहाँले आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, बसाइँसराइ तथा वैश्विक भूराजनीतिले यी परिवर्तनलाई सम्भव बनाइरहेको बताउँदै नेपालको उच्च शिक्षा क्षेत्रमा पनि यी परिवर्तनका आकाङ्क्षा देखिनु स्वाभाविक भए पनि उच्च शिक्षामा नेपालको लगानी न्यून नै रहँदै आएको बताउनुभयो। उहाँले नेपालको उच्च शिक्षामा लगानी व्यापक मात्रामा नबढाई ती आकाङ्क्षा पूरा गर्न सम्भव नभएको बताउनुभयो।  

प्रधानमन्त्री कार्कीले लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता भएको बताउँदै शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्चशिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदम चालेको बताउनुभयो। समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितले आफूले प्राप्त गरेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न विद्यार्थीलाई आग्रह गर्नुभयो।

समारोहमा उपकुलपति प्रा.डा. अच्युत वाग्लेले पछिल्लो ६ वर्षमा नेपालबाट उच्च शिक्षाको लागि तीन लाख ५० हजार युवा र विद्यार्थी विदेसिएको र त्यसबापत १० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिरिएको बताउनुभयो। चालू शैक्षिक सत्रमा गत वर्षको तुलनामा २३ प्रतिशतले विद्यार्थी बढेको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय सहकार्य, साझेदारी र शैक्षिक विस्तारको क्रममा विदेशी उच्च शिक्षण संस्थासँग तीन सय वटा सम्झौता भएको बताउनुभयो। उहाँले बुधबारबाट नै हिन्दुकुश हिमालय क्षेत्र र बाहिरका एक सयभन्दा बढी विश्वविद्यालयको सन्जाल, हिमालय युनिभर्सिटिज कन्सोर्टियम (एचयुसी) को सचिवालय केयुलाई हस्तान्तरण र स्थापना भएको बताउनुभयो। 

काठमाडौं विश्वविद्यालय (केयू) को बुधबार भएको ३१औं दीक्षान्त (पहिलो) चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका हुन्। दीक्षान्त समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।  दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका सात जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन्। दीक्षितमध्ये पुरुष ५२।२४ प्रतिशत अर्थात् एक हजार १५४ जना र महिला ४७.७६ प्रतिशत अर्थात् एक हजार ५५ जना छन्। दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बाङ्लादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्तराज्य अमेरिका र भियतनाम गरी १७ देशका १९६ जना विदेशी विद्यार्थी छन्।

यस पटकको दीक्षान्त समारोहमा विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स  अफ फिलोसपी वाई रिसर्च इन म्याथमेटिक्स्मा एक जना र ब्याचलर अफ साइन्स इन एग्रिकल्चरमा  २९ जना विद्यार्थी दीक्षित भएका थिए। त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भए। 

दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्पेनका एमसाइट कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी प्राप्त गर्ने गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्णपदक, अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, सौगात दङ्गाललाई रणबहादुर शाह स्वर्णपदक प्राप्त गर्नुभएको छ। रक्षा तिवारीलाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ।

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

मन देखाउने दर्पण

मन देखाउने दर्पण

हिमालदृष्टि मासिक पत्रिका गुरुकुलका आचार्य आफ्ना शिष्यको सेवाबाट निकै प्रभावित हुनुभए…

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

४ माघ, काठमाडौं । इन्डोनेसियाका उद्धारकर्ताहरूले आइतवार हराएको एउटा सानो यात्रुवाहक…

काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

२९ पौष, काठमाडौं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत कला संकायको भाषा तथा आमसञ्चार विभा…

बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

चितवन, माघ २०८२ ।नेपालको स्वास्थ्य क्षेत्रमा बिरामीको सुरक्षा र सेवाको गुणस्तर अभिवृद्ध…