SamwadKhabar logo

               

प्रेरक प्रसंग

असल कार्यमा प्रोत्साहन दिने गरौं

संवाद खबर

संवाद खबर

असल कार्यमा प्रोत्साहन दिने गरौं

प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न सक्छ ।

भ्यागुताको एउटा समूह वन-वनै डुल्दै यात्रा गरिरहेको थियो । यस्तै यात्राको क्रममा एक दिन त्यस समूहका दुईवटा भ्यागुता एउटा खाडलमा खसे । ती दुई भ्यागुता खसेपछि समूहका अरू सबै भ्यागुताले त्यस खाडलको वरिपरि भेला भएर खाडल कति गहिरो रहेछ भनेर विचार गरे। खाडल निकै गहिरो छ भन्ने थाहा पाएपछि उनीहरूले तल खसेका दुईवटा भ्यागुता अब माथि आउन सक्दैनन्, उनीहरूको आश मारे हुन्छ भन्ने प्रतिक्रिया दिन थाले ।

तल, खाडलभित्र भएका ती दुई भ्यागुता चाहिँ उफ्रिएर बाहिर निस्कने प्रयास गर्दैथिए। ती दुईले बाहिर निस्किने प्रयास गरिरहँदा बाहिर भएका भ्यागुताहरू भने प्रयास गर्नु बेकार रहेको र बाँच्ने आशा त्याग्न भनिरहेका थिए। ती दुईमध्ये एउटा भ्यागुतो चाहिँ अरूको कुरा सुनेर हतोत्साहित भयो । उसले प्रयास गर्न छोड्यो र केही समयपछि मर्यो ।

अर्को भ्यागुतोले भने आफ्नो प्रयासलाई झनै तीव्र बनायो । उसले निरन्तर प्रयास गरिरह्यो । माथि रहेका भ्यागुताले उसलाई “दुःख नगर, तिमी आउनै सक्दैनौ” भनिरहेका थिए। तर, उसले कसैको कुरा सुनेन र आफ्नो प्रयासलाई निरन्तरता दिइराख्यो । अन्ततः ऊ बाहिर निस्किन सफल भयो । ऊ बाहिर निस्किएपछि त्यहाँ भएको भ्यागुताको भीड हर्षले रमायो । अरू भ्यागुताले उसलाई सोधे, “के तिमीले हामीले भनेको सुनेनौ रु” उनीहरूको प्रश्नको आशय बुझेर त्यो भ्यागुताले आफ्नो सुन्ने शक्ति गुमेको र आफूले कान सुन्न नसक्ने बतायो । अनि, आफ्ना ती साथीहरूलाई धन्यवाद दिँदै भन्यो( “तिमीहरूले मलाई निरन्तर प्रोत्साहित गरिरहेकोमा धेरै-धेरै धन्यवाद ।”

यो कथाबाट के शिक्षा पाउँछौं भने भीडबाट आउने नकारात्मक प्रतिक्रिया सुनेर हामी कहिल्यै पनि हतोत्साहित हुनुहुँदैन । बरु त्यस्ता प्रतिक्रियाप्रति आफू बहिरो बनिदिनु उचित हुन्छ । आफ्नो निरन्तरको प्रयासले सफलता पक्कै पाउन सकिन्छ। अनि, अरूलाई हतोत्साहित पनि गर्नु हुँदैन बरु राम्रो काममा लागेका मानिसलाई प्रोत्साहन दिनुपर्दछ । बोल्नुअघि विचार गर्नुपर्दछ। सधैं उत्साह दिने सोच र शब्द प्रयोग गर्नुपर्छ किनभने विचार र शब्दमा ठूलो शक्ति हुन्छ । यसले हामी आफ्नो र अरूको जीवनमा पनि ठूलो प्रभाव पार्नसक्छ ।  – हिमाल दृष्टि (मासिक पत्रिका) २०७९, कार्तिक 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

मन देखाउने दर्पण

मन देखाउने दर्पण

हिमालदृष्टि मासिक पत्रिका गुरुकुलका आचार्य आफ्ना शिष्यको सेवाबाट निकै प्रभावित हुनुभए…

असल कार्यमा प्रोत्साहन दिने गरौं

असल कार्यमा प्रोत्साहन दिने गरौं

प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न …

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

८ कार्तिक, काठमाडौं । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जतातत…