SamwadKhabar logo

               

समाज

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

संवाद खबर

संवाद खबर

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

२८ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उहाँले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिनु भएको हो । 

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ । 

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको उहाँले जानकारी दिनु भयो ।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ । गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र भएको आयोजना प्रमुख कुँवरले जानकारी दिनु भयो । उहाँका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन् ।

छैसट्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ जेठ ३ गते  सात अर्ब ४० करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । रासस

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

स्वास्थ्यमा जाइफलको महत्व

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…