SamwadKhabar logo

               

समाज

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

संवाद खबर

संवाद खबर

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

२८ मंसिर, काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न भएको छ । रैथाने बालीबाट बनेका परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको हो । 

जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा आयोजना गरिएको मेलामा अर्गानिक खाद्यन्न, परिकार, औषधीजन्य गुण भएका जडीबुटीदेखि रैथाने बालीबाट बनेका विभिन्न परिकारको प्रदर्शनी गरिएको हो ।

मेलाको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय अर्गानिक पिठोको सेलरोटी हालेर मेलाको सुरुवात गर्नुभएको थियो । उहाँका अनुसार रैथानेबाली अहिले लोप हुने अवस्थामा छ । बाहिरबाट आउने विषादी मिसावट भएको खाद्यन्न खाइरहेका छौं । यो प्रदर्शनी किसानलाई रैथाने बालीको उत्पादन गर्न हौसला दिने विश्वास छ । किसानले उत्पादन गर्ने, स्थानीय सरकारले बजार खोज्ने र व्यापारीले बजारमा लैजाने वातावरण सिर्जना गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

रैथाने परिकारको प्रदर्शनको क्रममा स्थानीय महिला समूहबाट देउडा प्रतियोगिता गरिएको थियो । देउडा मार्फत रैथाने परिकार, पोषिलो तथा अर्गानिक खानाका विषयमा सन्देश दिइने काम गरिएको थियो ।  

चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय जुम्लाको समन्वयमा यहाँ उत्पादन हुने पोषिला रैथाने अर्गानिक वस्तुको उत्पादन, संरक्षण, प्रवर्धन र बजारीकरणमा थप सहज गर्न मेलाको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा जिल्ला समन्वय प्रमुख आचार्यसहित चन्दननाथ नगरपालिकामा नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का सहित सरोकारवाला निकाय र स्थानीयले मेलाको अवलोकन गरेका थिए । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

स्वास्थ्यमा जाइफलको महत्व

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…