SamwadKhabar logo

               

समाज

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

संवाद खबर

संवाद खबर

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

२८ मंसिर, काठमाडौं । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले सवारी आवागमनमा पुष १ गतेसम्म पाँच घण्टा बन्द हुने भएको हो । 

यस अवधिमा हरेक दिन बिहान १०ः ३० बजेदेखि दिउँसो ३ः ३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिर क्षेत्रमा सवारी चल्न नपाउने भएको छ भने मङ्सिर २४ गतेदेखि नै सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर पर्ने गुनासो आएपछि बिचमा दुई दिन (२६ र २७ गते) सडक खोलिएको थियो ।

एमाले निकट युवा सङ्घको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर आग्रह गरेपछि दिउँसोको समयमा सडक खोलेर सहज बनाइएको थियो । आजबाट भने पुनः नियमित काम अघि बढाइएको छ ।

नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकैपटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुनाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै, गल्छी–गजुरी खण्डको पोखरे भिर क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्नुपर्ने भएकाले पनि आवागमन रोक्नुपरेको हो ।

सडक बन्द भएको समयमा सवारी साधनहरूलाई नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँबाट नौबिसेतर्फ जानेलाई नाग ढुङ्गा चेकपोस्टमा रोकिनेछ ।

मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीलाई  खानीखोला (नौबिसे) र जुंगेखोला (थाक्रे) मा रोकिनेछ भने गल्छी–गजुरी खण्डका लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारीलाई  गल्छी, बैरेनी, मस्टारमा र मुग्लिङबाट नौबिसेतर्फ जाने सवारीलाई मलेखुमा रोकिनेछ ।

साथै सवारी आवागमन रोक लगाएको अवधिमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । 

साना तथा मझौला सवारी साधनहरूले अत्यावश्यक अवस्थामा सितापाइला–भिमढुङ्गा–रामकोट–धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक र जरेखेतस्थित त्रिशूली पुलबाट त्रिशूली पारीको बाटो हुँदै घाटबेशीको त्रिशूली पुलबाट वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् ।

सडक बन्द रहेता पनि एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनजस्ता अत्यावश्यक सवारी साधनहरूको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।

आयोजनाले तोकिएको समय पछि मात्र यात्रा गर्न र रोकिएको समयमा लेन अनुशासन पालना गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

स्वास्थ्यमा जाइफलको महत्व

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

५ माघ, म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन२०८२ का लागि जिल्लामा तयारी तीव्र पा…