SamwadKhabar logo

समाज

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

संवाद खबर

संवाद खबर

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

HSS Nepal

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर सङ्क्रान्ति उत्सव मनाएको छ।

​कार्यक्रमका प्रमुख वक्ता श्री रेवित कुमारले हिन्दू समाज उत्सवप्रिय रहेको चर्चा गर्दै एक्लै नभई सामूहिक र सामाजिक रूपमा आनन्द मनाउनु नै हिन्दू संस्कृतिको विशेषता रहेको बताउनुभयो। उहाँले 'क्रान्ति' र 'सङ्क्रान्ति' बीचको भेद प्रष्ट पार्दै भन्नुभयो, "विश्वका ठूला राजनीतिक क्रान्तिहरूमा हिंसा र विनाश धेरै भए, तर सङ्क्रान्ति भनेको 'सम्यक्' अर्थात् सकारात्मक र शुभ परिवर्तन हो।"

​बौद्धिक उद्बोधनका क्रममा उहाँले आज हिन्दू समाजमा आवश्यक पाँच वटा मुख्य विषयहरूमा जोड दिनुभयो। विगतमा पुर्खाहरूले धर्मका लागि बलिदान दिएको स्मरण गर्दै, वर्तमान समयमा धर्म र संस्कृतिको रक्षाका लागि मर्ने होइन, 'जिउनुपर्ने' आवश्यकता रहेको उहाँले बताउनुभयो। उहाँले परिवारमा नयाँ पुस्तालाई संस्कार हस्तान्तरण गर्न र कम्तीमा दिनको केही समय धर्म-संस्कृतिको चर्चा गर्न आग्रह गर्नुभयो।

​त्यस्तै, जन्मका आधारमा कोही पनि सानो वा ठूलो नहुने बताउँदै उहाँले वाल्मीकि र वेद व्यासको उदाहरण प्रस्तुत गर्नुभयो। रावण ब्राह्मण कुलको भएर पनि राक्षस कहलिएको तर वाल्मीकि र व्यास कर्मले पूजनीय भएको भन्दै उहाँले जातीय विभेद अन्त्य र 'स्व' (आफ्नोपन) को गौरवमा जोड दिनुभयो। प्रकृतिलाई माता मान्ने संस्कृति अनुसार प्लास्टिकको प्रयोग घटाउन, जल संरक्षण गर्न र एक असल नागरिकका रूपमा राष्ट्रिय कर्तव्य पूरा गर्न उहाँले आह्वान गर्नुभयो।

​कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ६ का अध्यक्ष एवं प्रवक्ता श्री राधाकृष्ण श्रेष्ठ, गुह्येश्वरी मन्दिरका पुजारी श्री राजेशमान कर्माचार्य, ज्येष्ठ नागरिक सरोकार समितिका वडा अध्यक्ष श्री गणेश पोखरेल र राष्ट्रिय सिँचाइ उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष श्री शम्भु दुलालको उपस्थिति रहेको थियो।

​कार्यक्रमको अन्त्यमा उपस्थित सबैले सामूहिक खिचडी प्रसाद ग्रहण गरियो।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

लोकप्रिय

सबै

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता

माघ २२, काठमाडौं । अमेरिका र ईरानबीच शुक्रबार आणविक वार्ता हुने भएको छ । ओमानमा व…

यो पनि