नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । गत फागुन २१, २०८२ को निर्वाचनमा नयाँ राजनीतिक शक्तिको प्रभाव अझ बढेको छ । चुपचाप घण्टी छापको नारा बच्चादेखि वृद्धसम्मको मन मस्तिष्कमा कसरी घुस्न सफल भयो ? चुपचाप घण्टी छापको नारा अन्तत: जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप बन्न पुगेको छ ।
नेपालको पछिल्लो राजनीतिमा नयाँ इतिहासको चिन्तन पैदा भएको छ । केही वर्षदेखि जनतामा देखिएको वैमनश्यता र राजनीति विद्रोहको स्वरूप बनेर जताततै घण्टी छापको नारा गुञ्जिएका छन् । देशमा भएको पछिल्लो परिवर्तन भनेको नयाँ राजनीतिक शक्तिको उदय र पुराना दलप्रतिको जनविश्वासमा आएको गिरावट हो । विशेष गरी “घण्टी छाप” अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ दलको उदयले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ । जनतामा देखिएको असन्तुष्टि, भ्रष्टाचारप्रतिको आक्रोश र पुराना दलप्रतिको निराशाले नयाँ राजनीतिक शक्तिलाई बलियो बनाएको स्पष्ट देखिन्छ ।
नेपालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट छन्, जसमा १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । गत फागुन २१, २०८२ को निर्वाचनमा नयाँ राजनीतिक शक्तिको प्रभाव अझ बढेको छ । चुपचाप घण्टी छापको नारा बच्चादेखि वृद्धसम्मको मन मस्तिष्कमा कसरी घुस्न सफल भयो ? चुपचाप घण्टी छापको नारा अन्तत: जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप बन्न पुगेको छ । धेरैले चासोको रूपमा हेरिएको झापा–५ मा बालेन साहले ६८,३४८ मत प्राप्त गर्दा खड्क प्रसाद ओली (केपी ओली) लाई १८,७३४ मतमा पराजित गरे । यसले पुराना दलका शीर्ष नेताहरू समेत नयाँ राजनीतिक लहरबाट प्रभावित भएको देखाउँछ । केपी ओलीलाई ४९,६१४ ले पछाडी पार्दै बालेन साहले जित हासिल गरेको हो । कतिपय क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ३०–४५ हजारभन्दा बढी मत ल्याएर कांग्रेस वा एमालेका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरेका उदाहरणहरू छन् ।
नेपालमा विभिन्न देशी विदेशी वादहरूको बहसको क्रममा हर्क साम्पाङ्ग जस्ता व्यक्तिले हर्कवादको विषय अघि बढाएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीपथको कार्यलाई अगाडि सारेका छन् ।
नेपालको संसदीय इतिहास हेर्दा लामो समयसम्म नेपाली कांग्रेस–नेकपा एमाले–नेपाल कम्यूनिष्ट पार्टी जस्ता दलहरूले मुख्य राजनीतिक शक्ति कायम राखेका थिए । तर पछिल्लो समय राजनीतिक नेतृत्वप्रति बढ्दो अविश्वास र परिणाममुखी कामको अभावले यी दलहरू कमजोर देखिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कुल २७५ सिट मध्ये नेपाली कांग्रेसले ८९ सिट, एमालेले ७८ सिट, माओवादी केन्द्रले ३२ सिट, र राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट (७ प्रत्यक्ष र १३ समानुपातिक) जितेको थियो भने राष्ट्रिय राजनीतिमा चौथो ठूलो शक्ति बनेको रास्वपा गत फागुन २१ को निर्वाचन परिणामले दुई तिहाई मत प्राप्त गर्दै देशको पहिलो राजनीतिक दल बन्न सफल हुने देखिदैं छ ।
यो परिणामले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण सन्देश दिएको थियो—जनता अब नयाँ विकल्प खोज्न थालेका छन् । यसै सन्दर्भमा स्वतन्त्र राजनीतिक धाराका नेताहरू पनि उभिन थालेका छन् । उदाहरणका लागि हर्क साम्पाङ्ग जस्ता नेताले स्थानीय स्तरमा जनसहभागितामूलक राजनीति अघि बढाउँदै परम्परागत दलहरूलाई चुनौती दिएका छन् । धरानमा उनको नेतृत्वमा सुरु भएको श्रमदान अभियान र श्रम संस्कृति पार्टी वैकल्पिक राजनीतिक सन्देशले नयाँ प्रकारको राजनीतिक संस्कृति निर्माण गर्ने प्रयास गरेको देखिन्छ । नेपालमा विभिन्न देशी विदेशी वादहरूको बहसको क्रममा हर्क साम्पाङ्ग जस्ता व्यक्तिले हर्कवादको विषय अघि बढाएका छन् । भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीपथको कार्यलाई अगाडि सारेका छन् ।
यसले नेपाली राजनीतिमा तीनवटा मुख्य सन्देश दिएको छ । पहिलो, जनता अब काम गर्ने नेतृत्व खोजिरहेका छन् । दोस्रो, पुराना दलप्रति जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ । तेस्रो, नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव तीव्र रूपमा बढिरहेको छ । लोकतन्त्रमा अन्तिम निर्णायक शक्ति जनता नै हुन् । जनताले परिवर्तन चाहेको अवस्थामा राजनीतिक शक्ति सन्तुलन पलभरमै बदलिन सक्छ । अहिले देखिएको “घण्टी छापको लहर” वास्तवमा जनताको मनोभावनाको संकेत हो—अब परिणाममुखी, इमानदार र उत्तरदायी राजनीति चाहिएको सन्देश जनताले आफ्नो अमूल्य मतदान मार्फत देखाएका छन् । अन्तत ः जताततै घण्टी छाप, कांग्रेस हाप, एमाले पत्तासाप, अरू दल सडकछाप बन्न पुगेका छन् ।