SamwadKhabar logo

               

धर्मशास्त्र

बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा

संवाद खबर

संवाद खबर

बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा
– भीम लामा नेपाल बहुभाषा, धर्म र संस्कृतिको बहुआयामिक फूलबारी हो । धर्म, संस्कृतिको विविधताले नेपाल राष्ट्रको चिनारी बनाएको छ । विभिन्न जातजाति, धर्म, सम्प्रदायको सुन्दरता बोकेर नेपाल विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । धार्मिक तथा साँस्कृतिक विविधताकै कारण विश्वको नजर नेपालसामू पर्न सफल भएको छ । नेपाली मौलिक धर्म, संस्कृति तथा रितिरिवाजले नेपालीपनको झल्को दिएको छ । जहाँ मौलिक धर्म संस्कृति रहन्छ, त्यहाँ विश्वास र पहिचानको शक्ति स्थापित हुन्छ । धर्म र संस्कृति समाजलाई डो¥याउने एक पवित्र माध्यम पनि हो । विज्ञान र प्रविधिको विकास हुनुअघि मानव सभ्याताको विकासको विभिन्न कालखण्डमा आम्रा पुर्खाहरूले धर्म संस्कृतिका माध्यमबाट सामाजिक मूल्य मान्यता तथा अनुशासनको मागदर्शन गराएका थिए । समाजमा व्यक्तिलाई गलतमार्गबाट अलग रहन धर्म संस्कृतिले मार्ग निर्देशन गर्ने बौद्ध धर्मका विभिन्न ग्रन्थमा भेटिन्छ । विश्वमानव जगतलाई असल चरित्र, इमान्दारिता, सहयोग तथा सही मार्गमा हिडाउन गौतम बुद्धले दिनु भएको दिव्य दर्शन महत्वपूर्ण हुने विश्वभरीका विद्वानहरूले स्विकार्दै धेरै पुस्तकहरु लेखिएका छन् । बौद्ध धर्म नेपालको परिवेशमा हिन्दू धर्मपछिको दोस्रो स्थानमा रहेको छ । धार्मिक सहिष्णुता र लोक कल्याणका लागि बौद्ध धर्मले असल आचरणको अभ्यास गराउँदै सम्पूर्ण प्राणी जगतमा शान्तिको मार्गमा लाग्न सन्देश दिन्छ । नेपाल बुद्ध जन्मेको पवित्र थलोको रूपमा विश्वसामु चिनिएको छ । यसरी बुद्ध र बौद्ध धर्मबिचको अन्तर सम्बन्धबाट समाज चलिरहेको बौद्धमार्गीहरुको भनाई छ । आफ्नो मौलिक परम्परा, विधि, संस्कारको संरक्षण र सम्वद्र्धन गर्दै लानुपर्छ भन्ने समुह बढ्दै गए पनि पछिल्लो राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले भने डर लाग्दो संकेत गरेको छ । यो बौद्ध धर्मावलम्बी र समुदायलाई चिन्ताको विषय हो । दश वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणनामा बौद्ध धर्मको संख्यामा ह्वात्तै कमि देखिनु बौद्ध समुदायमाथिको प्रहार र अस्तित्व मेटाउँदै जानु हो ।

राष्ट्रिय तथ्यांक विभागको प्रतिवेदन अनुसार सन् २००१ मा बौद्ध धर्मलम्बीहरुको जनसंख्या झण्डै २४.५ लाख रहेकोमा सन् २०११ मा आईपुग्दा २४ लाखभन्दा कम भएको थियो । सन् २०२१ म बौद्धमार्गीहरुको जनसंख्या २३,९३,५४९ रहेको देखिन्छ । कुल जनसंख्याको अनुपातमा ८.२१ प्रतिशतमा मात्र सिमित रहेको छ । त्यस्तै पहिलो स्थानमा ८१.११ प्रतिशत हिन्दू मान्नेहरुको जनसंख्या रहेको जनगणनाले देखाएको छ ।

यी तथ्यांकअनुसार नेपालमा अन्य धर्मको तुलनामा बौद्ध धर्मलम्बीहरूको जनसंख्या खस्किदै गएको देखिन्छ । बौद्ध धर्म विशेषत तामाङ, शेर्पा, गुरूङ, नेवार समुदायले मान्दै आएका छन् । मानव सभ्याताको विकाससँगै बोन धर्मावलम्बीहरू सांस्कृतिक विकास गर्दै बौद्ध धर्मको विशाल आध्यत्मिक यात्रामा लागि परे पनि आजका सन्तातीहरूले धर्म परिर्वतन गरिरहेका छन् । बौद्ध धर्मलाई सम्पन्न बनाउन यस समुदायका धर्मगुरूहरूको योगदान अतुलनीय छ । तर आज विभिन्न कारणले आफ्नो महान सांस्कृतिक विरासत छोडेर तामाङ, शेर्पा, नेवार गुरूङ समुदायका सदस्यहरू धर्मान्तरणको सिकार भईरहेका छन् । धर्मान्तरणकै कारण बौद्ध धर्म मान्ने समुदायको जनसंख्या घटिरहेको छ । यस तथ्याङले मौलिक परम्परा, पहिचान र अस्तित्वमाथी प्रश्न गरेको छ । अन्य अल्पसंख्यकको जनसंख्या बढ्दै जाँदा बौद्ध धर्म मान्नेहरूको जनसंख्या घट्दै जानु धार्मिक र सम्प्रदायिक रूपमा एक्यबद्धता नहुनु पनि हो कि ? अब सम्पूर्ण बौद्धमार्गीहरू आफ्नो धर्म संस्कृतिलाई जोगाउनका लागि सचेत नहुने हो भने अब १० वर्ष पछि हुने जनगणनामा अझ भयाबह स्थिति आउन सक्छ । हाम्रो साँस्कृतिक पहिचान र अस्तित्वको विषयमा गम्भीर रूपमा चासो लिनु आजको टड्कारो आवश्यकता भईसकेको छ भन्ने तथ्य आत्मसाथ गर्न जरुरी भईसकेको छ । अब पनि धर्म संस्कृतिको संरक्षणमा हामीले सामुहिक र संगठित रूपमा केही गर्न सकेनौं भनें भावी पुस्ताले हामीलाई धिक्कार्ने छ ।    

ताजा

सबै

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीस…

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक वि…

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…