SamwadKhabar logo

               

अर्थ व्यवसाय

उदयपुरको सिद्धिपुरबाट दुई करोड बराबरको बेसार बिक्री

Pramila Bhujel

Pramila Bhujel

उदयपुरको सिद्धिपुरबाट दुई करोड बराबरको बेसार बिक्री
फागुन २१, काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए । स्थानीयवासी देवबहादुर मगरले भने, “२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो । २०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ ।” उनका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ । उनले एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताए । किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मङ्सिर पुस महिनातिरनै विराटनगरका व्यापारीले खरिद गर्न आउने गरेको जानकारी दिए । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोत नै बेसार भएको चौदण्डी–६ का वडासदस्य देवी मगरले बताए । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ । केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रूपमा सिद्धिपुर क्षेत्र रहेको बताइन् । यसैगरी त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्त्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । – रासस

ताजा

सबै

कपनबाट पेस्तोलसहित १ जना पक्राउ

जेठ ४, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका११ कपन पैंयुटारबाट पेस्तोलसहित प्रहरीले एक …

गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

जेठ ४, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामि…

कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीस…

शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

जेठ ४, काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक वि…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

जेठ २, काठमाडौं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमक…

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

कृषिमा ‘लगानी दशक’ घोषणा गरिने

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को दशकलाई कृषिमा लगानीको दशक …

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

वैशाख ३०, काठमाडौं । बन्दीपुर गाउँपालिका वडा५ ले वडाका ९२ जना किसानलाई अनुदानमा …

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …